नेपाल आदिवासी जनजाति महासंघ अमेरिका अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को छैठौं महाधिवेसनबाट अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित भएकाछन्। अध्यक्ष पदको मतदानमा रानाले ४० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी मणि बांदेलले २२ मत प्राप्त गरेका थिए। नवनिर्वाचित अध्यक्ष राना फिप्नाका पूर्व महासचिव र मगर संघ अमेरिकाका वर्तमान महासचिव पनि हुन्। त्यसैगरी, महासचिव पदमा प्रेम गुरूङले ४० मतले बिजयी बने भने उनका प्रतिद्वन्दी बिनिता तामांगले २२ मत प्राप्त गरेकी थिईन्। फिप्ना कार्य समितिका निर्विरोध निर्वाचित अन्य पदाधिकारीहरू र सदस्यमा वरिष्ठ उपाध्यक्षमा राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा , सचिवमा गोवा शेर्पा ढोक्प्या, कोषाध्यक्षमा बिजय मान सिंह, सदस्यहरू जय वीर गुरूङ र फुर्पा लामा ह्योल्मो छन्।

फिप्ना कार्य समिति (२०१८-२०१९)
अध्यक्ष: मानबहादुर राना मगर
वरिष्ठ उपाध्यक्ष: राजकुमार विष्ट
उपाध्यक्ष: निमा लामा
महासचिव: प्रेम गुरूङले
सचिव: गोवा शेर्पा ढोक्प्या
कोषाध्यक्ष: बिजय मान सिंह
सदस्यहरू:
जय वीर गुरूङ
फुर्पा लामा ह्योल्मो

फोटो: प्रदीप परियार थापा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com