४ मुख्यमन्त्री र ४ सभामुख एमाले, २ /२ माओवादी हुने – दुई सुप्रिमोको निर्णय


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

काठमाडौं १४ माघ । ७वटा प्रदेश मध्ये ६वटामा बहुमत प्राप्त बाम गठवन्धनले मुख्य मन्त्री र सभामुखको बांडफांट टुंगो लगाएको छ । ललितपुरको मानभवनमा भएको केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले मुख्य मन्त्री र सभामुखको बांडफांट टुंग्याएको थियो । सहमति अनुसार प्रदेश नं. १, ३, ४, र ५मा एमालेका तर्फबाट मुख्य मन्त्री हुनेछन् ।

प्रदेश ६ र ७ मा माओवादीका तर्फबाट मुख्यमन्त्री बनाउने सहमति भएको छ । दुई दलको सहमति अनुसार प्रदेश ४ र ५ मा माओवादीका तर्फबाट प्रदेश सभामुख हुनेछन् भने बांकी ४ वटा प्रदेशमा एमाले तर्फबाट सभामुख हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com