एमाले र माओवादीबिच प्रदेश मुख्यमन्त्रीमा भयो सहमति,कस्को भागमा कती त ?


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

सिंहदरबारमा बसेको एमाले-माओवादी कार्यदलकाे बैठक सकिएको छ । बैठकले सिट संख्यामा अनुपातमा प्रादेशिक मन्त्रीपरिषद् कम्तिमा ७ र बढीमा ११ जना बनाउने निर्णय भएको बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

त्यस्तै, एमालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको छ । एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने छ भने माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।

यता, प्रदेश सभामुख पदको भागवण्डा पनि कार्यदल बैठकले टुंग्याएको छ । १, ३, ५ र ७ नम्बर प्रदेशको सभामुखमा एमाले र ४, ५ नम्बर प्रदेशको सभामुख माओवादी पाउने गरी भागवण्डा भएको छ ।
त्यस्तै, उपसभामुखमा ४ र ५ मा एमाले, ६ र ७ मा माअाेवादीले पाउने गरी समझदारी भएको पाण्डेले बताए । प्रदेश संसदीय सतिति र मन्त्रीको अनुपात ७० र ३० प्रतिशतलाई कायम गर्ने भएको छ । भने वाम गठबन्धले मुख्यमन्त्रीलाई नै प्रादेशिक मन्त्री छान्न दिने गरी अधिरकार सुम्पिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com