अमेरिकाबाट नेपाल भित्रियो ३१ करोड डलर रेमिट्यान्स


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

अमेरिकाबाट एकबर्षमा नेपालमा ३१ करोड ४० लाख अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । पिउ रिसर्च सेन्टरको रिपोर्ट अनुशार नेपालमा रेमिट्यान्स भित्राउनेमा अमेरिका पाँचौं नम्बरमा रहेको छ । नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स पहिलोमा कतारबाट, दोश्रोमा साउदीबाट, तेश्रोमा भारतबाट, चौथोमा युएईबाट र पाँचौंमा अमेरिकाबाट भित्रिने गरेको छ ।

सन् २०१६ मा विश्वभरबाट नेपालमा कुल ६ अर्ब, ६० करोड, ७० लाख अमेरिकी डलर रेमिट्यान्सका रुपमा भित्रिएको छ । सबैभन्दा धेरै कतारबाट १ अर्ब, ७ करोड, २० लाख अमेरिकी डलर नेपाल भित्रिएको छ भने दोश्रोमा साउदीबाट १ अर्ब, ७५ करोड, १० लाख अमेरिकी डलर भित्रिएको छ ।

त्यस्तै तेश्रोमा भारतबाट ९७ करोड १० लाख अमेरिकी डलर भित्रिएको छ भने चौथोमा युएईबाट ७९ करोड, ५० लाख अमेरिकी डलर नेपाल भित्रिएको छ । पाँचौंमा अमेरिकाबाट एकबर्षमा नेपालमा ३१ करोड ४० लाख अमेरिकी डलर रेमिट्यान्स भित्रिएको हो । अमेरिकापछि कुबेतबाट २३ करोड ४० लाख, मलेसियाबाट १ करोड १० लाख र बेलायतबाट १३ करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको छ ।

सन् २०१६ मा एकबर्षमा नेपालबाट २ अर्ब, ९४ करोड, २० लाख अमेरिकी डलर बाहिरिएको छ । नेपालबाट रकम बाहिरिनेमा सबैभन्दा धेरै भारतमा बाहिरिएको छ । एकबर्षमा नेपालबाट २ अर्ब ७४ करोड ४० लाख अमेरिकी डलर भारतमा बाहिरिएको छ । दोश्रोमा चीनमा १३ करोड २० लाख अमेरिकी डलर नेपालबाट बाहिरिएको छ । तेश्रोमा पाकिस्तानमा ३ करोड ३० लाख, चौथोमा भुटानमा २ करोड र पाँचौंमा श्रीलंकमा २० लाख अमेरिकी डलर नेपालबाट बाहिरिएको छ । सन् २०१६ मा नेपालबाट बंगालादेशमा भने १० लाख भन्दा कम अमेरिकी डलर बाहिरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com