‘टीपीएसमा हुनेले १ बर्ष नाघेपनि एसाइलम फाइल गर्न सक्छन्’- सेडाई (भिडियो)


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईले टीपीएसमा हुने नेपालीहरुले अमेरिका आएको १ बर्ष नाघेको भएपनि एसाइलम फाइल गर्नसक्ने जानकारी दिनुभएको छ । तर त्यसका लागि टीपीएस प्राप्तकर्ताले अमेरिका आएको १ बर्ष  नपुग्दै टीपीएसका लागि आवेदन दिएको हुनुपर्छ ।

सेडाईले खसोखाससँगको विशेष कुराकानीका क्रममा भन्नुयो – ‘यदि कुनै व्यक्तिले अमेरिका आएको एक बर्ष पूरा नहुँदै टीपीएसका लागि आवेदन दिएको छ भने त्यस्तो व्यक्ति टीपीएस पाएको जति बर्ष भएपनि एसाइलमका लागि आवेदन दिनसक्छ । त्यस्ता व्यक्तिका हकमा एसाइलमका लागि अमेरिका आएको १ बर्षभित्र आवेदन दिनुपर्ने प्रावधान लागु हुदैन ।’

एसाइलम आवेदन दिनु अगाडि कुनै व्यक्तिले टीपीएस कायम राखेको छ भने त्यस्तो व्यक्ति अमेरिका आएको १ बर्ष नाघिसकेको भएपनि एसाइलमका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ । 8 C.F.R. § 208.4(a)(5)(iv

तर टीपीएसको अवधि नसकिदै त्यस्ता व्यक्तिले एसाइलमका लागि आवेदन दिनुपर्नेछ । यदि कुनै व्यक्ति अमेरिका आएको १ बर्ष नाघेपछिमात्र टीपीएसका लागि आवेदन दिएको छ भने त्यस्तो व्यक्तिका हकमा भने यो प्रावधान लागु नहुने सेडाईले जानकारी दिनुभएको छ ।

केशव सेडाईसँगको विस्तृत कुराकानी यहाँ हेर्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com