फरार कैदीमाथि चितवनमा प्रहरीले गोली चलायो, घाइतेलाई वीर अस्पतालमा रिफर


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

माघ १३, चितवन। चितवनमा फरार एक कैदीमाथि प्रहरीले आज अपरान्ह गोली चलाएको छ । प्रहरीले चलाएको दुई राउण्ड गोली लागेर फरार कैदी रामेछाप दोरम्बा घर भएका ३० वर्षीय टीका थापा मगर घाइते भएका छन् ।

उनको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० भरतपुरमा एक्सरे गरेपछि काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको छ ।

घाइते मगरको दाहिने हात र दाहिने खुट्टाको तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ९डिएसपी० प्रभु ढकालले जानकारी दिए । उनको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।

आज अपरान्ह भरतपुर महानगरपालिका–१ रामनगरमा प्रहरीले चेकजाँच गर्दा भरतपुरबाट रामनगरतर्फ जाँदै गरेको ना ४७ प ५०५२ नम्बरको मोटरसाइकलको पछाडि सवार व्यक्तिले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । प्रहरीले गोली चलाउँदा चालक मगर गम्भीर घाइते भएका हुन् । प्रहरीलाई गोली चलाउने व्यक्ति भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागी घाइते भएका मगर यही माघ ४ गते काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका थिए । उनी डकैती मुद्दामा कैद सजाय भोगिरहेको प्रहरीले जनाएको छ । उनको खोजी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाको टोली चितवन आइपुगेको थियो । फरार मगर रामनगर जाँदै गरेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखा टोली र चितवन प्रहरीको टोलीले रामनगरमा विशेष चेकजाँच गरेको थियो ।

सोही बेला मगरको पछाडी सवार व्यक्तिले प्रहरीमाथि गोली चलाएको थियो । लगत्तै प्रहरीले तीन राउण्ड गोली चलाएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com