ओखलढुंगामा ट्रिपरबाट लडेर एकको मृत्यु


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

माघ १३, ओखलढुंगा । ओखलढुंगामा शनिबार ट्रिपर खसेर एक जनाको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका ५ बर्नालुमा ट्रिपरबाट खसेर एक जनाको मृत्यु भएको हो।निमार्णधीन सडकमा माटो बोक्न प्रयोग गरिएको बा २ ख ९५६४ नम्बरको ट्रिपरबाट खसेर सोलुखुम्बु दूधकुण्ड नगरपालिका ८ का १९ वर्षीय विवाइसी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। मदजुरीका लागि सोलुखुम्बुबाट ओखलढुंगा आएका तामाङ गुडिरहेको ट्रिपरमा चढ्न खोज्दा भुँइमा खसेका थिए। उनलाई ट्रिपरको टायरले च्याप्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक टीका कार्कीले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com