थारु समुदायको शिद्वेश्वरको मन्दिर जीर्ण


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

माघ १३, चितवन । गैंडाकोट नगरपालिका वडा नं। ११ मा अवस्थित श्री सिद्धेश्वर महादेव मन्दिर संरक्षण र प्रर्वद्धनको अभावमा जिर्णं बनेको छ । मन्दिरको ऐतिहासिक महत्व रहदा रहदै पनि मन्दिरको संरक्षण नहुँदा मन्दिर संकटमा परेको हो ।

थारु जातिहरुले परापूर्वकाल देखि पूजा आजा गर्दै आईरहेको मन्दिरको जिर्णोद्वार एवं उचित व्यवस्थापन हुन नसक्दा अहिले यो मन्दिर संकटमा छ । मन्दिर मुकुन्दसेन राजाको पालामा निर्माण भएको स्थानीय जनप्रतिनिधि गोबिन्द कोईरालाले बताए ।

गैडाकोट न।पा। वडा नम्बर ११ भेडाबारी चोक देखि करिब १ दशमलव ५ कि।मि। टाढा जोगिडाडा चुवाडी कुवा नजिक रहेको मन्दिरमा परापूर्वकालदेखि आदवासी स्थानीय थारु समुदायले हरेक महिनाको पहिलो सोमबार पुजा गर्दै आइरहेका छन् ।

मन्दिर ऐतिहासिक भएको र शिव महादेवकोे शक्ति रहेकाले आफुहरुको समुदायले सदियौदेखि पूजा गर्दै आएको मन्दिर व्यवस्था समितिकी अध्यक्ष हीराकुमारी महत्तोले बताइन्।

अहिले पछिल्लो समय यस मन्दिरमा केहि थारु माताहरुले पुजा गरिरहेका छन् । यस्ता धार्मिक आस्था बोकेको मन्दिरको जिर्णोद्धारको लागि भन्दै स्थानीय जनप्रतिनिधि एवं बुद्धिजिवीहरुको अगुवाईमा महायज्ञ समेतको आयोजना गरिदैछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com