अन्तिम परीक्षा आउन दुई महिना बाँकी हुँदा पहिलो पाठ पनि सकिएन


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

रोल्पाको हिमालय कैलाश प्राथमिक विद्यालय पुग्दा विद्यालय प्रांगणको एउटा कुनामा चारजना विद्यार्थी गोलो घेरा बनाएर बसिरहेका थिए । दुई छात्र र दुई छात्राको नजिक पुग्दानपुग्दै ‘चार कक्षाका चार विद्यार्थी’ रहेको थाहा पायौँ । ‘भित्र जाडो हुन्छ, त्यही भएर बाहिर बसेको’ ११ वर्षीया अस्मिता पुनले मुखै नहेरी जवाफ दिइन् ।

विद्यालय करिब ४०–४५ घरधुरीको पहुँचमा छ । ‘भर्ना भएका नै चारजना हुन्, सबै आएका छन्’ शिक्षिका लालकुमारी रोकाले भनिन् ‘अन्य विद्यालयमा जाने गर्छन्, त्यसैले कम होलान् ।’ विद्यालयको गुणस्तर कमजोर भएकाले विद्यार्थी टाढाको विद्यालयमा जाने गरेको स्थानीय बताउँछन् । गत वर्षभन्दा यसपटक विद्यार्थी भर्नादर घटेको रोकाले बताइन् । गत वर्ष ६० जना विद्यार्थी रहेको विद्यालयमा यस वर्ष भने ५८ जना मात्र छन् । नयाँ पत्रिका दैनिक

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com