केपी ओलीलाई जनताको पूरा म्यान्डेट : राजेन्द्र महतो


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

काठमाडौं १३ माघ । राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले देशलाई अघि बढाउन केपी ओलीलाई जनताको म्यान्डेट प्राप्त भएको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै नेता महतोले भने देशलाई मिलाएर लैजाने सबैभन्दा ठूलो जिम्मेवारी ओलीको कांधमा आएको छ ।

एक अर्को प्रसंगमा महतोले संविधान संशोधनलाई नयां शिराबाट अघि बढाएर टुग्याउने विषयमा सहमति भए सरकारमा सहभागी हुने बताए । यस पटकको निर्वाचनमा २ नं. प्रदेशमा मधेशी गठवन्धनलाई र केन्द्रमा बाम गठवन्धनलाई जनमत प्राप्त भएको महतोले विश्लेषण गरे । हालै देउवा सरकारले गरेका नियुक्ति र आर्थिक सहयाता वितरणलाई ब्रहमलुटको संज्ञा दिंदै महतोले भने देउवा सरकारले गर्दा लोकतन्त्रकै उपहास भएको छ ।

महतोसंगको अन्तर्वार्ता शनिबार राती ९ बजे, आइतबार विहान ७ बजे र दिउंसो २ बजे प्रसारण हुनेछ । यो अन्तर्वार्ता फेसबुक पेज facebook.com/abc television nepal र youtube.com/abc news nepal मा पनि हेर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com