कोलम्बियामा जनताद्वारा शान्ति सम्झौता अस्विकार


प्रकाशित मिति : आश्विन १७, २०७३ सोमबार

कोलम्बियाका नागरिकले फार्क बिद्रोहीसँग सरकारले गरेको शान्ति सम्झौता अस्वीकार गरेका छन् । फार्क बिद्रोही र सरकारबिच भएको शान्ति सम्झौता अनुमोदनका लागि भएको जनमतसंग्रहमा कोलम्बियाका नागरिकले विपक्षमा मत दिएका हुन् । शान्ति सम्झौताको विपक्षमा ५० दशमलव २४ प्रतिशत मत खसेको  छ । यो फैसलासँगै वर्षौं र लामो प्रयासपछि गरिएको युद्धविराम सम्झौता संकटमा पर्ने भएको छ ।

राष्ट्रको जीवनकै लागि निकै महत्वपूर्ण मानिएको सरकार र विद्रोही फार्कबीच सम्पन्न शान्ति सम्झौतालाई जनमत संग्रहमार्फत मतदाताले अस्विकार गरेका हुन् । चार वर्ष लामो शान्ति वार्तापछि गत हप्ता मात्र राष्ट्रपति जुआन मानुअल सान्तोस र फार्क नेता तिमोलीओन जीमेनेजबीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

तर यो सम्झौता कार्यान्वयनका लागि जनमत संग्रहबाट अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएकाले जनताका बीचमा लग्दा असन्तुष्ट मतदाताको झिनो संख्याले अस्वीकार गरेपछि शान्ति सम्झौता नै संकटमा पर्ने हो कि भन्ने आशंका बढेको छ ।जनमत संग्रहमा एक करोड ३० लाख मतदाता सहभागी भएका थिए । फार्क विद्रोही राजनीतिको मूलधारमा आउन ५२ वर्ष लामो सशस्त्र हिंसा त्याग्न तयार भएको थियो । साँढे दुई लाखभन्दा बढी जनता मारिएको यति लामो युद्ध अन्त्य गर्दै शान्तिको मार्गमा मुलुकलाई लैजानुको अर्को विकल्प नरहेको राष्ट्रपतिले बताए पनि जनताले यसलाई अस्विकार गरिदिएका छन् ।

चार वर्षसम्म भएको वार्तापछि सरकार र फार्क बिद्रोहीबिच शान्ति सम्झौतामा सहमति भएको थियो । सम्झौतामा गएको हप्ता राष्ट्रपति आन म्यानुअल सान्तोस र फार्क नेता टिमोलिओन हिमेनेजले हस्ताक्षर गर्नुभएको थियो । तर सम्झौता कार्यान्वयनमा आउनका लागि नागरिकले अनुमोदन गर्नु पर्ने थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

त्यसका भएको जनमत संग्रहमा मतदाताले विपक्षमा मत दिएका हुन् । राजनीतिक प्रक्रियामा सहभागी हुन राजी हुँदै फार्क बिद्रोहीले हतियार बिसाएपछि कोलम्बियामा ५२ वर्षदेखि जारी द्वन्द्व अन्त्य भएको थियो । तर शान्ति सम्झौता नागरिकले अनुमोदन नगरेपछि के हुने भन्ने विषयमा अन्यौल भएको छ ।

राष्ट्रपति सान्तोसले जनमत संग्रह अघि युद्ध अन्त्यका लागि शान्ति सम्झौता बाहेक अर्को कुनै विकल्प नभएको बताउनुभएको थियो । फार्क बिद्रोहको क्रममा दुई लाख ६० हजार मानिसको ज्यान गएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com