मरेको दुई महिनापछि कफिनबाट शव झिक्दा बौद्ध भिक्षु मुस्कुराए


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

पूर्वी एसिया- तस्बिरमा देखिएअनुसार एक जना मृत बौद्ध भिक्षुलाई मरेको दुई महिनापछि उनको शव निकाल्दा मुस्कुराइरहेको भेटिएका छन् । दुई महिनाअघि नोभेम्बर १६ मा थाइल्याण्डको राजधानी बैंककमा ९२ वर्षको उमेरमा बौद्ध भिक्षु लुआंग फोर पियानको मृत्यु भएको थियो ।

कम्बोडियाका भए पनि थाइल्याण्डमै धेरै समय बिताएका उनी आध्यात्मिक र बौद्ध सम्प्रदायका गुरुको रुपमा मध्य थाइल्याण्डको लोपबुरीमा रहेका थिए । जब उनको मृत्यु भयो । उनको पार्थिव शरीरलाई मन्दिरमा पुर्नका लागि लगिएको थियो ।

यो हप्ता मात्रै उनका शिष्यहरुले उनको शरीर कफिनबाट परम्परागत बौद्ध मान्यताअनुसार निकालेका थिए ।

तर जब उनको शव त्यहाँबाट निकालियो, पूरै माटिन सुरु गरे पनि उनी भने मुस्कुराइरहेका भेटिए । यसले सबैलाई अचम्म बनायो । उनको सम्मानका लागि भेला भएका भीडमा पियान मुस्कुराएका थिए । जुन सबैलाई आश्चर्य लाग्यो ।

भीडका केहीले उनी मुस्कुराएको तस्बिर समेत खिच्न भ्याए । जुन फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

कतिपयले यसलाई पियानले निर्वाण प्राप्त गरेको भनी उल्लेख गरेका छन् ।
उनी दिवंगत भएको १००औँ दिनमा उनको अन्तिम संस्कार गरिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com