काठमाडौंबाट धनगढी हिँडेकी महिलाको ह्याण्डब्याग खोलेर हेर्दा प्रहरी नै चकित


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

बर्दिया। काठमाडौंबाट धनगढी हिँडेकी एक महिलाको ह्याण्डब्यागले प्रहरीलाई नै चकित पारिदिएको छ ।

रुकुम जिल्ला काक्री–६ बस्ने ३० बर्षीया पवित्रा पुनलाई प्रहरीले अवैध लागू औषध चरेश १० के.जी. सहित पक्राउ गरेको हो ।

काठमाडाँैबाट धनगढीतर्फ जाँदै गरेको ना.४ ख ५८७४ नम्बरको बसलाई आइतबार ठाकुरबाबा नगरपालिका–३ आमबासा स्थित नेपाली सेनाको चेक पोइन्टमा चेकजाँच गर्दा पुनको झोला र हेण्ड ब्यागबाट उक्त चरेश बरामद भएपछि इलाका प्रहरी कार्यालय बगनाहाबाट खटिएको प्रहरीले पुनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com