दक्षिण कोरियाको अस्पतालमा आगलागी, कम्तीमा ३३ जनाको मृत्यु


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

 

माघ १२, दक्षिण कोरियाको मिर्याङस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ।

सेजोङ अस्पतालको इमर्जेन्सी रुमबाट आगोलागी सुरु भएको बीबीसीले जनाएको छ। आगलागीमा परेका ७० जना घाइते छन् जसमा ११ जनाको अवस्था गम्भीर छ।

फायर चिफ चोए मान वु ले के कारण गर्दा आगलागी भएको अझै थाहा नभएको बताएका छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com