विप्लव निकट अखिल क्रान्तिकारीको सिंगो कमिटी नै माओवादी केन्द्रमा


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

माघ ११, कास्की । नेत्रबिक्रम चंद विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यर्थी संगठन अखिल क्रान्तिकारी कास्कीको सिंगो जिल्ला कमिटी नेकपा माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी०मा विलय भएको छ ।

पोखरा विश्वविद्यालय कास्की जिल्लाको पुर्ण बैठक तथा प्रवेश कार्यक्रममा विप्लव निकट विप्लव निकट अखिल क्रान्तिकारीबाट जिल्ला अध्यक्ष प्रदीप निरौलासहित पूरै जिल्ला कमिटी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेको हो । प्रवेश गर्नेहरुलाई अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष पन्चा सिंहले स्वागत गरेकी थिइन् । कार्यक्रममा बोल्दै उनले सबै माओवादी एक ठाउँमा नआइ समाजवादी क्रान्ति सम्भव नभएको बताइन् ।

कार्यक्रममा संगठनका उपमहासचिव मिलन महतारा सचिव द्वय अच्युत भट्ट क्षितिज सापकोटाले क्रान्तिकारी विद्यर्थीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com