विदेश जाने तयारीमा हुनुहुन्छ ? एक दिनमै पाइन्छ पासपोर्ट, कति लाग्छ ?


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

माघ ११, काठमाडौँ , विदेश जाने तयारीमा हुनुहुन्छ भने तपाइँले द्रुत सेवामा पासपोर्ट बनाउन पनि सक्नु हुन्छ । राहदानी विभागले राहदानी लिन अहिले कुनै झन्झट नरहेको जनाएको छ । विभागका अनुसार अहिले आवश्कयताअनुसार एक दिनमै पासपोर्ट लिन सकिन्छ । द्रुत सेवाअन्तर्गत आवेदन फारम बुझाउँदा समयअनुसार लाग्ने शुल्क निर्धारण गरिएको छ ।

तपाई निन्द्रामा हुँदा तपाईको विरालोले के गर्छ ?

राहदानी नयाँ लिन तथा नवीकरणका लागि तीन दिनमा लिनका लागि १० हजार, दुई दिनमा लिन १२ हजार र एक दिनमा लिन १५ हजार रुपैयाँ लाग्नेछ । त्यस्तै आवेदकको गल्तीले बिग्रिएर एक वर्षभित्र पुनः राहदानी बनाउँदा तीन दिनमा बनाउनु परे ५ हजार, २ दिनमा बनाउनु परे ७ हजार हजार र एक दिनमा बनाउनु परेमा १० हजार रुपैयाँ शुल्क लाग्नेछ । तर, विभाग आफ्नै गल्तीले बिग्रिएर एक वर्षभित्र पुनः बनाउनु परेमा भने कुनै शुल्क नलाग्ने विभागले स्पष्ट पारेको छ ।

त्यस्तै हराएको, बिग्रिएको वा च्यातिएको एक वर्ष नाघेर बनाउनु परेको खण्डमा लाग्ने मूल्यसूची भने फरक छ । त्यस्तो अवस्थामा तीन दिनमा राहदानी लिनका लागि १५ हजार, दुई दिनमा लिन १७ हजार तथा एक दिनमा लिन २० हजार रुपैयाँ लाग्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५० लाखभन्दा बढी नेपालीले लिए मेसिन रिडेबल पासपोर्ट
राहदानी बिभागका अनुसार सात वर्षमा ५० लाखभन्दा बढी नेपालीले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिएका छन् । सन् २०१० डिसेम्बरदेखि २०१७ डिसेम्बरसम्ममा एमआरपी लिनेको संख्या ५१ लाख ५७ हजार ८३६ पुगेको छ । यस अवधिमा कूटनीतिक राहदानी ३ हजार ८१०, विशेष राहदानी १४ हजार ४१८, साधारण राहदानी ५१ लाख ३८ हजार २४८ तथा यात्रा अनुमतिपत्र १३ सय ६० वटा वितरण भएको तथ्यांक छ ।

२०१० डिसेम्बर २६ देखि एमआरपी लागू भए पनि यसको अनिवार्य प्रयोग तथा हस्तलिखित राहदानीको खारेज भने २४ नोभेम्बर २०१५ बाटमात्रै भएको थियो ।

राहदानी विभागबाट प्रत्यक्षबाहेक जिल्ला तथा विदेशस्थित दूतावास वा कूटनीतिक नियोगमार्फत पनि राहदानी लिन सकिने व्यवस्था छ । २०१७ सम्ममा विभागमार्फत् २० लाख ४६ हजार ५७१, जिल्लामार्फत २४ लाख ३९ हजार २५६ र विदेशी नियोगमार्फत् ६ लाख ७२ हजार ९ वटा राहदानी वितरण भएको छ । राहदानी लिने महिलाको संख्या भन्दा पुरुषको संख्या ५ गुणा बढी छ । सात वर्षमा राहदानी लिने महिलाको संख्या ८ लाख ९१ हजार ८८८ रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com