Follow @khasokhasmag

विद्यालयलाई ८० वर्षीय वृद्धले गरे, नौ लाखको जग्गा दान


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

माघ ९ भोजपुर । भोजपुरको टेम्केमैयु गाउँपालिका–२ छिनामखुका एक वृद्धले विद्यालयलाई नौ लाख बराबरको जग्गा निःशुल्क दान गरेका छन्। छिनामखुका स्थानीय ८० वर्षीय वृद्ध भगीरथ राईले जनजागृति प्राथमिक विद्यालयका लागि नौ लाख मूल्य बराबरको जग्गा दान गरेका हुन्। उनले विद्यालयका लागि १३ रोपनी जग्गा निःशुल्क दान गरे। उनले दान गरेको उक्त जग्गा विद्यालयको नाममा पास भइसकेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद राईले जानकारी दिए। उक्त जग्गामा अहिले नै विद्यालयको भवन निर्माणको कुनै पनि योजना नभएकोले त्यस जग्गालाई भाडामा लगाएर त्यसको आम्दानीबाट विद्यालयको शैक्षिक तथा आर्थिक गुणस्तर सुधारमा प्रयोग गरिने बताए।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com