अमेरिकी सरकार सटडाउन समाप्त


प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार

शुक्रबाररातीदेखि जारी अमेरिकी सरकारको सटडाउन तीनदिनपछि समाप्त भएको छ । सोमबार राती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटर र प्रतिनिधिसभाबाट पारित विधयेकमा हस्ताक्षर गरेपछि सटडाउन अन्त्य भएको हो । यो विधयेकले आगामी फरबरी ८ सम्म सरकार संचालनका लागि खर्च प्रदान गर्नेछ ।

हाउसमा सोमबार दिउसो २६६ जनाले विधयेकका पक्षमा मतदान गरेका थिए भने १५९ जनाले विधयेकका विपक्षमा मतदान गरेका थिए । त्यसअघि सिनेटमा ८१ जनाले विधयेकका पक्षमा मतदान गरेका थिए भने १८ जनाले विपक्षमा मतदान गरेका थिए । यसरी सिनेट र हाउसबाट विधयेक पारित भइसकेपछि सोमबार राती राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षर गरेका हुन् । त्यससँग अमेरिकी सरकार पुन खुलेको छ ।

सरकार खुलाउन डेमोक्रेटिक सांसदहरु सहमत भएपछि सोमबार दिउसो अस्थायी खर्च विधयेकमा मतदान भएको थियो । सरकार खुलेपछि बिदामा भएका सबै कर्मचारीहरु मंगलबारदेखि काममा फर्कनेछन् भने सबै काम पहिलेजस्तै नियमित हुनेछ । अमेरिकाबाहिर रहेका अमेरिकी पोष्टहरुमा सोमबार रातीदेखि नै काम सुचारु भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com