Follow @khasokhasmag

दिनहुँ अपांग दाजु बोकेर स्कुल जान्छिन् बहिनी


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

नरहरि सापकोटा

धुवाँकोट – पालुङटार नगरपालिका ५ को मदनेडाँडा मावि कक्षा २ मा पढ्ने सुस्मिता बराम दिनहुँ दाजु लक्ष्मणलाई बोकेर विद्यालय आउँछिन् । आफूभन्दा दुई वर्ष जेठा दाजुलाई थोत्रो सलको सहयोगले पिठ्युँमा बोकेर स्कुल आउनु १० वर्षीया सुस्मिताको रहर होइन । दुवै खुट्टा नचल्ने दाजुको पढ्ने रहर पूरा गर्न सुस्मिताले बोकेर स्कुल ल्याउने गरेकी हुन् । दाजुलाई मात्रै होइन, उनले आफ्नो झोला र दाजुका किताब पनि बोक्नुपर्छ । बिहान ८.३० बजे दाजुलाई बोकेर घरबाट निस्केकी उनी बेलुकी पाँच, छ बजेसम्ममा फर्किन्छिन् । उनका दाजु ३ कक्षामा पढ्छन्।

दाजुलाई उनको कक्षाकोठामा बसालिदिएर सुस्मिता आफ्नो कक्षामा जान्छिन् । उभिन र दायाँबायाँ समेत गर्न नसक्ने लक्ष्मणलाई दिसापिसाब लाग्यो भने साथीभाइले बोकेर चर्पी लगिदिन्छन् । पिसाब गराउन लैजान, खेलकुद हेर्न लैजान, खाजा खाने छुट्टीमा साथीभाइले सहयोग गर्छन्।

खाना खाएर बिहानै घरबाट निस्किएपछि साँझ घर पुग्ने भएकाले यी बालबालिकासँग स्कुलमा बाहेक पढ्ने समय पनि छैन । कहिलेकाहीं बहिनी बिरामी पर्दा दाजुको समेत कक्षा छुट्ने गरेको छ।

खाना खाएर बिहानै घरबाट निस्किएपछि साँझ घर पुग्ने भएकाले यी बालबालिकासँग पढ्ने समय पनि छैन । समय नहुँदा पढाइमा लक्ष्मण र सुस्मिताले धेरै दख्खल राख्न सकेका छैनन् तर पनि विद्यालय भने हत्तपत्त छुटाउँदैनन् । कहिलेकाहीं बहिनी बिरामी पर्दा दाजुको समेत कक्षा छुट्ने गरेको छ।

लक्ष्मणका जन्मजात नै दुवै खुट्टा अशक्त थिए । हजुरआमा मनमाया बराम भन्छिन्, ‘म सधैं बोकेर पु¥याउन जान सक्दिनँ, नातिनीले बोकेर लैजान्छे, कहिलेकाहीं छिमेकी नानीहरुले झोला बोकेर सघाउँछन् ।’ चंख स्वभावका लक्ष्मण पढ्न रुचि राख्छन्। त्यसो भएर पनि हजुरआमा उनलाई विद्यालय पठाउँछिन् । लक्ष्मणले यसअघि छोप्राकमा मामाघरमा बसेर पढ्दै आएका थिए। आमाले दोस्रो बिहे गरेपछि उनी हजुरआमासँग धुवाँकोट आएर मदनेडाँडा माविमा भर्ना भएका हुन्।

विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद उप्रेतीले भने, ‘हामीले विद्यालयमै राखेर पढाउन सक्ने अवस्था छैन । यहाँबाट हुने सहयोग, छात्रवृत्ति दिएका छौं, आवासीय सुविधा नभएकाले लक्ष्मणलाई धेरै गाह्रो भएको छ ।’ लक्ष्मणलाई नियमित विद्यालय आउने बनाउन, बहिनीको पढाइमा बाधा नआउने बनाउन निकै समस्या रहेको उप्रेती बताउँछन् । ‘आफ्ना सबै किताब बोकेर हिँड्न त समस्या हुने उमेरकी बालिका, दाजुसहित उनको पनि किताब बोकेर आउँदा कति पीडा हुन्छ होला, कल्पना गर्दा पनि मुटु सिरिंग हुन्छ’, उनले भने । वर्षा र पानी परेको समयमा विद्यालय आउनजान ती बालबालिकालाई थप समस्या हुने शिक्षक बताउँछन् ।

आमाले छाडेर गएपछि ६० वर्षे हजुरआमासँग बस्दै आएका यी बालबालिकाको दैनिकी निकै दुःखदायी छ । बाबु भक्तपुरमा ज्यालामजदुरी गर्छन् । बाबुले पठाएको अलिकति पैसाले हजुरआमाले गुजारा चलाएकी छन् । चार हलको पाखो बारीबाहेक अन्य जायजेथा बराम परिवारको छैन।

साभार : नागरीक दैनिक

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com