Follow @khasokhasmag

सोमबारदेखि रसुवागढीबाट समान भित्रँदै


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

 

माघ ७, रसुवा । नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रने तयारी भएको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने काम अगाडि बढिसकेको जानकारी प्राप्त भएको बताए। नेपालमा सामान पठाउने केरुङ क्षेत्रको ठूलो कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्धक ज्याङ्सेपिङले आइतबार मध्याह्नसम्म २०० नेपाली कन्टेनरमा सामान लोड गर्ने काम सम्पन्न भइसकेकाले भोलिदेखि नेपालमा सामान पठाइने बताए। उनका अनुसार भोलि बिहानसम्म ५०० ट्रक, कन्टेनरमा सामान लोड गरिसक्ने लक्ष्य छ।

नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, रोल कपडा, बच्चाका खेलौना, विद्युतीय सामानलगायत रहेको ज्याङ्सेपिङले जानकारी दिए। रासस

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com