स्तन क्यान्सर : कारण र रोकथामका उपाय


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

–महिला खबर संवाद–

स्तन क्यान्सरबाट नेपालमा कति महिला प्रभावित छन् भन्ने यकिन तथ्यांक नभएपनि करिब ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान गरिएको छ । पछिल्लो समय स्तन क्यान्सरबाट धेरै महिलाले ज्यान समेत गुमाएका छन् । नेपालमा ३० देखि ५० वर्षका महिला बढी स्तन क्यान्सरबाट प्रभावित भएको पाइएको छ । विकसित देशका अधिकांश महिलाहरू ४० वर्ष पुगेपछि प्रत्येक वर्ष म्यामोग्राफी(स्तन क्यान्सर जाँने प्रविधि) गर्छन् । नेपालमा म्यामोग्राफी गराएका महिला १ प्रतिशत भन्दा कम छ । जसले गर्दा समयमै रोग पहिचान हुन नसकी धेरै महिलाले अकालमै ज्यान गुमाउनु परिरहेको छ । यसै सन्दर्भमा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठसँग स्तन क्यान्सरको रोकथाम र उपचार कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा महिला खबरका लागि खेमा बस्नेतले गर्नुभएको कुराकानी :

स्तन क्यान्सर भनेको के हो ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्तनमा भएका कोष–कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर महिला र पुरुष दुवैमा लाग्न सक्छ ।

पुरुषमा पनि स्तन क्यान्सर हुन्छ ?

स्तन क्यान्सर महिलाको मात्र रोग हो भन्ने भ्रम छ । तर त्यस्तो होइन । ९९ प्रतिशत महिलामा स्तन क्यान्सर हुन्छ भने १ प्रतिशत पुरुषमा स्तन क्यान्सर हुन्छ । पुरुषमा लाग्ने स्तन क्यान्सर महिलाको भन्दा बढी खतरनाक हुन्छ । पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ भन्ने जानकारी नहुनाले अन्तिम अवस्थामा यस रोगको परीक्षण गर्छन् ।

के–के कारणबाट स्तन क्यान्सर हुन्छ ?

विज्ञानले स्तन क्यान्सर यही कारणले हुन्छ भनेको छैन । तर यो रोग लाग्नुका केही कारणहरू छन् । १५ देखि ३० प्रतिशत स्तन क्यान्सर वंशाणुगत कारणबाट सर्छ भन्ने छ । स्तन क्यान्सर भयो भन्दैमा आतिनु हुँदैन । सुरुमा नै उपचार गराउन सके राम्रो परिणाम दिन्छ ।

स्तन क्यान्सरका कारणहरू

१) वंशाणुगत–आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा ।
२) १२ वर्षभन्दा पहिले महिनावारी भएका र ४५ वर्षपछि पनि महिनावारी ।
३) मदिरा सेवन तथा धुम्रपान गर्ने महिला ।
४) पाँच वर्ष भन्दा बढी परविार नियोजनका साधन पिल्स वा सुई प्रयोग गरेका महिला ।
५)अखाद्यय खानेकुरा खाएमा,मोटो महिलामा, डिला विवाह गर्न,ढिला बच्चा जन्माउने महिलामा स्तन क्यान्सर हुन सक्ने सम्भावान छ भन्छ विज्ञानले ।

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ? कस्ता कस्ता लक्षणहरू देखिन्छन् ?

स्तन क्यान्सरको सुरुको अवस्थामा यस्ता लक्षणहरू हुन्छन् भन्ने नै हुदैन । यसका सामान्यतया यस्ता लक्षणहरू देखा पर्छ । यस्ता लक्षण देखिना साथ अस्पताल वा डाक्टरसँग सल्लाह लिनुपर्छ । जस्तै,

१) स्तनमा गिर्खा हुनु र गिर्खा कडा हुनु ।
२) स्तन वा स्तनको मुन्टोको आकार–प्रकार परविर्तन हुनु ।
३)स्तनको मुन्टोबाट रगत आउनु ।
४)स्तनको छालाको रगं परिवर्तन हुनु ।

कस्ता व्यक्तिलाई स्तन क्यान्सर हुन्छ ?

मध्यपान र धुम्रपान गर्ने, ३५ वर्षको उमेरपछि बच्चा जन्माउने महिलाहरू, ढिला विवाह गर्ने, स्तनपान नगराउने, पहिला एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरू, चिल्लो र बोसोयुक्त खाना बढी खाने र यदि आमालाई स्तन क्यान्सर छ भने उसको सन्तानलाई पनि हुने सम्भावना हुन्छ । भक्तपुर क्यान्सर अस्पतालबाट सन् २०१६ मा मात्रै १ सय ८० जना स्तन क्यान्सरका बिरामीले सेवा लिएका छन् ।

स्तन क्यान्सरबाट कसरी बच्ने त ?

स्तन क्यान्सरका चार चरणहरू छन् । स्तन क्यान्सर लागेको खण्डमा कति वर्षसम्म बाँच्न सकिन्छ भन्ने कुरा क्यान्सर कुन चरणमा छ भन्ने कुरामा भर पर्छ । पहिलो चरणमा स्तन क्यान्सर छ भन्ने थाहा भयो भने पाँच वर्षपछि क्यान्सरहित हुनसकिन्छ वा लामो आयु बाच्न सकिन्छ । त्यसपछि चरणका हिसाबले जती ढिला भयो उती बाच्ने कम आधारहरू हुन्छन् । यो रोगबाट बच्न हामीले नियमित स्तनको चेकजाच, स्तनको स्वयं परीक्षण गर्ने, अखाद्य खानेकुरा नखाने, धुम्रपान, मध्यपान नगर्ने र स्तनमा केही समस्या देखिना साथ तुरुन्त अस्पताल वा चिकित्सकोमा जानुपर्छ । स्तन क्यान्सरका बारेमा जनचेतनामुलक कार्यक्रम गर्नु अति आवश्यक छ ।

स्तन क्यान्सरको उपचार कति महंगो छ ?

हाम्रो जस्तो देशमा जहाँ आर्थिक सक्षमता छैन, इन्स्युरेन्स छैन, अशिक्षा छ, त्यहाँ क्यान्सरको उपचार एकदमै महंगो छ । सरकारले यसका लागि एक लाख अनुदान रकम त दिएको छ तर त्यो निकै अपुग छ । त्यसैले हामीले सरकारसँग पाँच लाख दिनुपर्ने माग राख्दै आएका छौं । जापान र चाइना जस्ता देशहरूमा ४० वर्ष नाघेका महिलाहरूमा नियमित इन्डोस्कोपी, ३५ वर्ष नाघेका महिलाहरूमा म्यामोग्राफी गरिन्छ । तर नेपालको सन्दर्भमा अस्पताल र पैसाको पहुँचमा भएका महिलाहरू त नियमित चेकजाँच गर्छन् । तर हुम्ला जुम्ला जस्ता विकट जिल्लाहरूमा महिलाहरूलाई आफ्नो स्तन आफैले जाँच गर्न सकिन्छ भन्ने कुरा सिकाउछौं । उपचार सेवा महंगो छ ।

कुन उमेर समूहका महिलाहरूमा बढी देखिन्छ स्तन क्यान्सर ?

३० देखि ४० वर्षका महिलाहरूमा स्तन क्यान्सर हुने सम्भावना बढी छ । महिलाहरू स्वयम् सचेत हुन सकेमा यो रोगसँग लड्न सकिन्छ ।

कुन अवस्थामा महिलाहरू अस्पतालसम्म आईपुग्छन् ?

धेरै जसो महिलाहरू स्तनबाट रगत बग्न थालेपछि, गाँठागुँठी हुन थालेपछि र स्तन क्यान्सरको लास्ट स्टेजमा मात्र अस्पताल आउने गरेका छन् । नेपालका दुर्गम जिल्लाहरूमा महिलाहरूलाई स्तन क्यान्सरबारे जानकारी नै छैन । स्तनमा गिर्खाहरू आए पनि रोग लुकाउने प्रवृत्ति, लाज तथा संकोचका कारण अधिकांश नेपाली महिलाहरू स्तन परीक्षण गराउन अस्पताल जाँदैनन् र अन्तिम अवस्थामा स्वास्थ्य सेवा खोज्छन् । त्यतिबेलासम्म उपचारको विकल्प प्रायःसमाप्त भइसकेको हुन्छ । जसले गर्दा ज्यान पनि जान्छ, पैसा पनि जान्छ । यसका लागि स्तन तथा क्यान्सर रोगका बारेमा चेतना फैलनु अति आवश्यक छ । क्यान्सर रोग उपचार मात्र गराएर निको हुन्छ भन्ने भ्रण पाल्नु हुँदैन । स्तन क्यान्सरको पहिलो स्टेजमै नियमित चेकअपका लागि आउनेमा सहरका महिलाहरू बढी छन् । तर ग्रामिण भेगका महिलाहरू तेस्रो र चौथो चरणमा मात्र आउने गरेका छन् ।

ध्यान दिनुपर्ने कुराहरू केके हुन् ?

स्वयम् आफै यो रोगको औषधी हो । किन भने आफू सचेत भएमा यसबाट बच्न सकिन्छ । आफूले खाइरहेको खाना कस्तो छ, त्यसमा ध्यान दिनु आवश्यक छ । मादक पदार्थ, सुर्तीजन्य पदार्थ, चिल्लो तथा बोसोयुक्त खानेकुराहरू नखाने, सुत्केरी महिलाले स्तनपान गराउने, परिवार नियोजनको साधनको रुपमा पिल्स सधैँ नखाने र समयमै विवाह गर्ने ।
महिनावारी भएको एक सातापछि जुन समयमा स्तनहरू दुख्ने तथा ठूला हुने हुन्छन् । नुहाउने समयमा वा नुहाएर ठूलो ऐना अगाडि उभिएर हातका चार औला परीक्षण गर्नु सबैभन्दा उपयुक्त हुन्छ । यदि आफुलाई संका लागेमा स्वास्थ्यकर्मी वा चिकित्सकबाट परीक्षण गराउन सकेमा समयमै रोग पहिचान हुने उपचार गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com