गोबिन्द केसीका पक्षमा काठमाडौमा र्‍याली


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

चिकित्सा शिक्षा सुधारको माग राख्दै नवौं अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा माइतिघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको छ ।  डा केसीसँग विगतमा गरिएका सम्झौता पुरा गर्न र उनले उठाएका सबै माग पुरा गर्न सरकारलाई दबाब दिन ¥याली निकालिएको हो ।

डा. केसी अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने, मनमोहन प्रतिष्ठान विधेयक संसदबाट फिर्ता लिनुपर्ने, चिकित्सा शिक्षा विधेयक संसदको यही शेसनमा पास गर्नुपर्ने, चिकित्सा शिक्षा बनेपछि मात्र नयाँ सम्बन्धन दिनुपर्ने माग राखि अनशनमा छन् । सरकारले मनमोहन विधेयक फिर्ता लिने निर्णय गरिसकेको छ भने चिकित्सा शिक्षा विधेयक यही शेसनमा पास गर्ने प्रतिवद्धता जनाइसकेको छ  ।

र्‍यालीमा स्वतःस्फूर्तरुपमा सयौं सर्वसाधारण सहभागी थिए । र्‍यालीमा सहभागी भएकाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई कारवाही गरि अख्तियारको मर्यादा कायम राख्न माग गरेका थिए ।उनीहरुले प्रा.डा. केसीले उठाउँदै आएका सम्पूर्ण माग तत्काल पूरा गर्न माग गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com