गोरु जुधाउनकै लागि बिहे गरिनन् सेल्भारानीले


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

रामु, एक १८ बर्षको गोरु, जो स्थानीय जल्लिकात्तु समूहका लागि एक महान हस्ती पनि हो ।

सेल्भारानी कानागरासु, तमिल नाडु राज्यकी एक महिला जो दैनिक ज्यालाबाटै आफ्नो जिवन निर्वाह गरिरहेकी छन् । उनले पुरस्कार जितिरहने गोरुको हेरचाह गर्नकै लागि विहे गरिनन् । उनै सेल्भारानीको जीवन सम्बन्धी बिबिसी तमिलकी प्रतिनिधि प्रमिला क्रिशननले गरिएको कुराकानीको आधारमा ।

सेल्भारानी हाल ४८ बर्षकी भईन । जब उनी किशोरी नै थिईन,उनले आफ्ना पिता र हजुरआमाको पदचापलाई पछ्याउने सहास लिईन । खासमा उनका पिता र हजुरआमा जल्लिकात्तु (स्थानिय गोरु जुधाई प्रतियोगिता ) मा प्रतिस्प्रधा गर्नका लागि गोरु पाल्ने काम गर्दथे ।

जल्लिकात्तु सदियौदेखि तमिल नाडुमा हुने पङ्गोल नामक पर्वका कारण प्रख्यात रहेको छ । हजारौ मानिसहरु गोरुको सिङमा बाधिएको पुरस्कार जित्नका लगि दौडिरहेको गोरुका पछि डौड्ने गर्दछन् ।

सर्वोच्च अदालतले जनावर अधिकारकै हनन् भएको र उनीहरु प्रति निर्मम यातना दिईएको ठहर गरि खेल वन्द गर्न आदेश सहितको फैसला गरेपछि दुई बर्ष यता यो खेल खेलिएको छैन । यद्यपि यो फैसला विरुद्ध ठूलो जनप्रदर्शन भएपछि राज्य सरकारले उक्त फैसला फुकुवा हुनेगरि पूनः सञ्चालन गर्न अनुमति दिएपछि जनवरी २०१७ मा यो खेल फेरि सञ्चालन गरियो ।

सेल्भारानी भन्छिन्, ‘मेरो पिता र हजुरआमा दुबैजना गोरु पाल्ने गर्नुहुन्थ्यो र मलाई पनि त्यही गरोस् भन्ने चाहना राख्नुहुन्थ्यो ।’ यस्तो पारिवारिक कामको जिम्मा खासगरि उनको भाईले लिनुपर्ने हो । तर भाईसँग समय अभाव भैरह्यो । त्यसैले उनले यो गोरु पाल्ले ब्यावसाय आफैले सम्हाल्ने निर्णय गरिन् ।

उनले पालेको गोरु १८ बर्षको भयो । उसको नाम रामु हो । रामुले ७ मध्येमा ५ वटा प्रतियोगिता जितेको छ । जसमा रेशमको सारी र सुनको सिक्का मालिकका लागि उपहारको ब्यबस्था थियो ।

उनले भनिन्, ‘रामु त मेरो छोरा हो । उसले थुप्रै पुरस्कार जितेको छ । तर मेरा लागि त्यो भन्दा महत्वपूर्ण कुरा भनेको गाँउमा मेरा ईज्जत बढेको छ ।’ उनले थपिन्, ‘जल्लिकात्तु प्रतियोगिताका बेलामा जति नै रिसहा भएपनि रामु साह्ै मायालु छ ।’

बर्षौ देखि कयौ मानिसहरुले प्रतियोगितामा ज्यान गुमाईसकेका छन् । सयांै संख्यामा दर्शकहरु पनि जखिममा परेका छन् ।

के हो त जल्लिकात्तु ?

जल्लिकत्तु २००० बर्ष भन्दा पुरानो खेल हो । तमिल नाडुमा अस्तित्वमा रहेको सबैभन्दा पुरानो खेलको रुपमा लिईन्छ ।

यो खेलमा गोरुलाई खुल्ला मैदानमा छोडिन्छ र उक्त गोरुसँग जुध्ने मानिसहरु १५ देखि २० मिटर टाढा या त कुनै रुखबाट हामफालेर गोरुको तिखारियको सिङमा बाधेर राखेको बहुमुल्य बस्तुहरु लिनुपर्ने हुन्छ । यदि कसैले पनि उक्त बस्तु झिक्न सकेनन भने गोरुले जितेको मानिन्छ ।

खेलका क्रममा सयौ पुरुषहरु गोरुको तिखा सिङमा बाधिएका पैसा अथावा सुन तान्नका लागि गोरुका पछि डौडिने गर्दछन् । स्पेनमा हुने गोरु जुधाई भन्दा फरक तरिकाले जल्लिकत्तुमा गोरुलाई मारिदैन र जुध्ने मानिसहरुले कुनै पनि हतियार प्रयोग गर्ने चलन छैन । साथै जनावरहरुलाई पिडा दिने खालका केहि काम हुदैनन् ।

केहि वर्ष यता जनावर हकका लागि पैरवी गर्ने समूहहरुले पुच्छर निमोठ्ने, तान्ने झट्काउने जस्ता कार्यको बिरोध गर्दै आएका छन् । सर्बोच्च अदालतका अनुसार जनावर विरुद्ध हुने अपराध सम्बन्धी ऐनमा, कुनैपनि खेलमा जनावरको प्रयोग गर्नु र उनिहरुलाई हानि हुने काम गर्न गैरकानुनी कार्य ठहर्दछ ।

सेल्भारानीेले रामु दश बर्षको हुँदा खरिद गरेकी हुन् । शुरुमा त रामुको मालिकले धेरै मोल भनेको थियो, तर उनले आफ्नो योजना सुनाएपछि कम मुल्यमा नै दिन राजि भए ।

सेल्भारानीेले बिहे गर्नुको सट्टा गोरु पालेर बस्ने निर्णय गाउँलेहरुका लागि अनौठो नै थियो । उनी भन्छिन्, ‘सुरुमा त परिवारका सबै सदस्यहरु यो निर्णय प्रति उदास थिए, तर समय बित्दै जाँदा सवैले सहजै स्वीकारे ।’ उनको लगावले उनको घर तथा गाँउमा सम्मान बढ्नुका साथै आम्दानी पनि प्रशस्तै हुन थाल्यो ।

एउटा भान्सा र अर्को एउटा कोठा सहितको उनको एउटा सानो घर छ । त्यही एउटै कोठामा सुत्ने, खाने र पाहुँनालाई सत्कार गर्ने लगाएत हुने गर्दछ । उनी दिनमा जम्मा दुई सय भारतीय रुपैंया कमाउँछिन र उक्त आम्दानीको ठूलो हिस्सा रामुको भरणपोषणमा खर्च गर्ने गर्दछिन् ।

रामुले हरेक बर्ष हुने प्रतियोगितामा भाग लिनुपर्ने हुन्छ । त्यसैले उसलाई बिषेश खालको पोषणयुक्त खाना चाहिन्छ । पराल तथा सुख्खा घाँस बाहेक उसले नरिवल, केरा, बदाम, केक, कोदो, धान लगायतका अन्य पोषणयूक्त खाना दिने गरिन्छ । यो खाना त खासमा सेल्भारानीले दैनिक खाने भन्दा पनि पोषिलो खाना हो ।

‘कति दिन त मैले एकछाक मात्रै खाएर बसेको अनुभव छ । ताकि रामुका लागि थप पैसा बचत गर्न सकु’, उनी भन्छिन् । पोषणयूक्त खानाका साथै रामुलाई नियमित व्यायमको पनि उत्तिकै खाँचो पर्दछ । त्यसैले साल्भारानी उसलाई दैनिक जसो गाँउमा भएको तलाउमा लाने गर्दछिन्, जहाँ उसले पौडिने गर्दछ ।

उनी भन्छिन्, ‘मेरो भाईको छोरा राजकुमारले पनि कहिलेकाहि रामुलाई जल्लिकत्तु आसपासमा ब्यायम होस भनि घुमाउन लैजान्छन् । सधैजसो प्रतियोगिता हुनुभन्दा अघि रामुको स्वास्थ्य आवस्था जाँच गर्नका लागि म उसलाई पशुस्वास्थ्यकर्मी कहाँ लैजाने गर्दछु ।’

सेल्भारानीकी एकजना आफन्त, ईन्दिरा सेल्भाराले रामुलाई एक लाख रुपैयाँमा बिक्रि गर्न अनुरोध गरिन् तर उनी मानिनन् । उनी उक्त गोरुको सधैभरि स्याहार–सुसार गर्नमै चासो राख्दछिन । उनको जिवनको एकमात्र लक्ष्य भनेको रामुलाई खेलका लागि तयार गर्नु हो । उनी भन्छिन्,‘महल्वकाक्षाको कुनै मुल्य हुँदैन ।’

उनको बच्चा नभएतापनि, उनी यो जल्लिकात्तु सस्कारलाई जोगाईराख्न चाहान्छिन् । त्यसैले उनले १८ बर्षिया भतिजी देभदर्शिनीलाई उनको उत्तराधिकारीका लागि तालिम दिईरहेकी छन् । उनी रामुको ख्याल राख्न राम्रोसँग जानेको दाबी गर्छिन् । तर देभदर्शिनी अहिलेसम्म सहमत भएकी छैनन् ।

देभदर्शिनी भन्छिन्, ‘यो विषयमा अस्वस्त पार्न सकिन्दैन । अहिलेसम्म त मैले यसबारेमा सोचेकी छैन । म अध्यउनमै ब्यस्त छु । साथै म मेरो परिवारमा पहिलो स्नातक पासको रेकर्ड राख्न चाहान्छु ।’
स्रोत : बिबिसि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com