देउवा सरकारलाई माओवादी केन्द्रले दियो चेतावनी


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

माघ ५, दाङ । प्रदेशको अस्थायी मुकाम तोक्ने सन्दर्भमा देउवा नेतृत्वको सरकारले गरेको असन्तुलित, अविवेकी, अदुरदर्शी, असंवेदनशील र असक्षम निर्णयको नेकपा माओवादी केन्द्र दाङले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
बर्तमान कामचलाउ सरकारमा हालीमुहाली गरिरहेका केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि राजधानीजस्तो संबेदनशील कुरालाई प्रदेशको एउटा कुनामा लगेर राख्ने निर्णय गरेपछि माओवादी केन्द्र दाङले यस्तो चेतावनी दिएको हो । दाङमा आन्दोलन चर्किरहेकाबेला नेकपा माओवादी केन्द्र दाङको आकस्मिक सचिवालय बैठक बसी आन्दोलनलाई आफ्नो पार्टीको तर्फबाट थप सशक्त पार्ने निर्णय गरेको दाङ जिल्लाका सह इन्चार्ज निर्मल आचार्यले बताए ।

बैठकले आन्दोलन लाई घनिभूत र थप ससक्त बनाउन विभिन्न क्षेत्रमा आफ्ना नेतालाई आन्दोलनको नेतृत्व गर्न जिम्मेवारी ताकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com