मुगुको माथितुम गाउँ छाउपडी गोठ मुक्त घोषणा


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

माघ ५, मुुगु । मुगुको छायाँनाथ रारा नगरपालिका अन्तर्गत माथितुम गाउँलाई छाउपडी गोठ मुक्त घोषणा गरिएको छ । माथितुम गाउँलाई छाउगोठ मुक्त घोषणा गरिएको वडा अध्यक्ष नरबहादुर रावलले जानकारी दिए । छाउगोठ मुक्त गाउँ घोषणा गरेसँगै त्यहाँका ५२ घरधुरीका महिला छाउगोठमा बस्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । अब कुनै पनि घरका परिवारले महिनावारी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने र कोही कसैले त्यस्तो गरेको पाइएमा कडा कारबाहीसमेत गरिने नियम लागू गरिएको रावलले बताए । गाउँमा रहेका सबै छाउगोठ पनि भत्काइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com