डोटीमा मोटरसाइकलमा आगजनी, एउटा गाडी तोडफोड


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

माघ ४, २०७४ डोटी : डोटीमा आन्दोलनकारीले एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको गाडीमा तोडफोड गरेका छन्। जिल्ला सदरमुकाम सिलगढीमा  बा९च ४५४८ नम्बरको  गुडनेभर इन्टरनेसनल नेपालको गाडीमा ढुंगा प्रहार गरी गाडीको सिसा तोडफोड गरिएको छ।

सिलगढीबाट धनगढीका लागि हिँडेको उक्त गाडीमा तोडफोड गरिएको हो। बिहीबार नै एउटा मोटरसाइकलमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन्। प्रदेशको अस्थायी राजधानी माग गर्दै आएका आन्दोलनकारीले जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला वन कार्यालय डोटीको भीआर मोटरसाइकलमा आगजनी गरेका हुन्।

जिल्ला वन कार्यालय डोटीको बा१ब ७६३९ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com