डोटीमा आरजु केन्द्रीय अध्यक्ष रहेको एनजीओमा तोडफोड गरी लगाइयो आगो


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

माघ ४, डोटी । प्रदेश ७ को राजधानी दिपायल माग गर्दै आन्दोलित डोटीका स्थानीयले जिल्ला सदरमुकाममा रहेको ग्रामीण विकास तथा महिला एकता केन्द्र ९रुडुक०मा तोडफोड गरेर आगो लगाइदिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा केन्द्रीय अध्यक्ष रहेको संस्था भन्दै प्रदर्शनकारीले रूडुकको शाखा कार्यालय डोटीमा तोडफोड गरेका हुन् । उनीहरुले फर्निचर तथा कागजातहरु जलाइदिएका छन् ।

७ नम्बर प्रदेशको राजधानी दिपायलबाट कैलाली खोस्नमा मुख्य हात आरजुकै रहेको भन्दै उनीहरुले प्रधानमन्त्री पत्नीविरुद्ध पनि नाराबाजी गरे ।

प्रदर्शनकारीले जिल्ला सदरमुकाम सिलगढीमै अन्तर्राष्ट्रिय गैर सरकारी संस्था गुड नेवर्स इन्टरनेशनलको सिलगढीबाट धनगढीका लागि हिँडेका बा ९ च ४५४८ नम्बरको हाईलेक्स गाडी पनि तोडफोड गरेका छन् ।

उनीहरुले एउटा मोटरसाइकल समेत जलाईदिएका छन् । जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला वन कार्यालय डोटीको भीआर बा १ ब ७६३९ नम्बरको मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com