माघ ४, बिर्तामोड । बाक्लो हुस्सुका कारण झापाको बिर्तामोड नगरपालिकास्थित चारपाने चोकमा बस र ट्रिपर ठोक्किंदा बाह्र जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६४४ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ७१९६ नम्बरको ट्रिपर ठोक्किएका थिए।
दुर्घटनामा बसमा सवार १२ जना यात्रु घाइते भएको प्रहरीले बताएको छ। घटनामा घाइतेमध्ये विर्तामोड–१ का जेफिर आलमको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। उनको बी एण्ड सी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ। अरु घाइतेलाई उपचारका लागि बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।