मेक्सिकोमा सामूहिक चिहान भेटियो


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

मेक्सिकोको उत्तरपश्चिम शहर नायारिट शहरमा सामूहिक चिहान भेटिएको छ ।

सामूहिक चिहानमा कम्तीमा ३२ जनाको शव भेटिएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

“शुरुमा शनिबार एक ठाँउमा शवहरू भेटिएका हुन्, त्यहाँ नौ वटा शव थिए,” एक जना सरकारी अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई भने ।

उनका अनुसार शव भेटिएको ठाँउ ग्रामीण क्षेत्र पर्दछ, तर केरा लगाइएको ठाँउबाट धेरै टाढा छैन ।

त्यस बाहेक अन्य ठाँउमा पनि खोज्दै जाँदा ३२ वटा शव भेटिएको र त्यसलाई निकालिएको स्रोतले जनाएको छ ।

सामूहिक चिहानमा शव खोज्नेहरूले अहिले पनि घटनास्थलमा खोजी कार्य जारी राखेकाले अरू पनि भेटिनसक्ने अनुमान गरिएको छ ।

सामूहिक चिहान भेटिएका ठाँउहरूमा ठूलो अमानवीय हिंसा भएको थियो । अधिकारीहरूका अनुसार गत वर्ष त्यस ठाँउमा ११७ जना हराइरहेका थिए ।

मेक्सिकोमा सन् २००६ देखि भइरहेको हिंसामा परी अहिलेसम्म दुई लाख जनाको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com