Follow @khasokhasmag

‘छठपछि दाहाललाई दिएको समर्थन फिर्ता’


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ। दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा विश्वस्त हुन नसकेको मोर्चाले सरकारलाई छठसम्म पर्खने बताएको छ ।

संविधान संशोधन विधेयक दर्ता नगराए छठ पर्व सकिनेवित्तिकै सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आनन्दोलन चर्काउने निष्कर्षसहित मोर्चाका नेता जुटेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गर्न सरकारले ढिलाई गरेको आरोप लगाउँदै मधेसी मोर्चाले अब धेरै समय पर्खन नसक्ने बताएको हो ।

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले धेरै समय पर्खिन नसक्ने बताउदै अब गम्भीर निर्णय गर्न बाध्य हुने बताए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com