काठमाडौँमा विशेष सुरक्षा योजना लागू


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

दसैँ, तिहार र छठका लागि शुक्रबारबाट काठमाडौँमा विशेष सुरक्षा योजना लागू भएको छ । चाडबाडमा हुने चोरी, डकैती, लुटपाट, लागूऔषध ओसारपसार, ठगी र चन्दा असुलीजस्ता अपराध नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी अपराध महाशाखाले टेकुस्थित परिसर कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गरी यस वर्षको चाडबाडलाई अपराधमुक्त बनाउन तालिम प्राप्त कुकुरबाट उपत्यकाका नाकामा चेकजाँच गर्नुका साथै मोटरसाइकल र साइकल गस्ती सञ्चालनमा ल्याएको जनाएको छ ।

परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले सर्वसाधारणको शान्तिसुरक्षाका लागि तीनवटा तालिम प्राप्त कुकुरसहित चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए । जनशक्ति महाशाखा, परिसर र परिसर मातहतका वृत्त र प्रभागबाट प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिएको हो ।

दसैँदेखि छठसम्म चोरी, डकैती, जुवातास, गुन्डागर्दी, सिक्रीलगायत गहना लुटपाट, पकेटमारी, कालोबजारी, यातायातको भाडामा ठगी, क्षमताभन्दा बढी यात्रु ओसारपसार, खाद्यमा मिसावट, बजार अनुगमन र पटका तथा भुईँचम्पा जस्ता प्रज्वलनशील वस्तुको अवैध प्रयोग र ओसारपसार नियन्त्रण गर्न प्रहरी सक्रिय हुने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपत्यकाको शान्तिसुरक्षाका लागि तीन किसिमको सुरक्षा व्यवस्था मिलाएका छौँ, परिसर प्रमुख थापाले भन्नुभयो, प्रहरी जनशक्तिको वैज्ञानिक प्रयोग, सूचना सङ्कलनमा सादा पोसाकका प्रहरी तथा सामुदायिक प्रहरी र सर्वसाधारण नागरिकको सहयोगसँगै प्रविधि अन्तर्गत सीसीटीभी तथा सामाजिक सञ्जाललाई पनि शान्तिसुरक्षाको आधार बनाउनेछौँ ।

सहरका विभिन्न चोकमा चौबीसै घन्टा प्रहरी तैनाथ गरी तालिम प्राप्त कुकुरको सहयोगमा सिल एन्ड सर्च, व्यापारिक महल तथा बजारक्षेत्रमा कर्डन एन्ड सर्च, क्रस चेकिङ र एम्बुसिङ्गजस्ता नयाँ विधि प्रयोग गरी सर्वसाधारणमा शान्तिसुरक्षाको अनुभूति हुने गरी काम गर्ने तयारी भइरहेको जानकारी उनले दिएको गोरखापत्रमा खबर छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित बजार अनुगमन कार्यलाई तीव्र बनाई खाद्यमा मिसावट, कालोबजारी, ठगी नियन्त्रण कार्यलाई थप सशक्त र प्रभावकारी बनाइने उनले बताए । कालोबजारी, ठगी र मिसावट नियन्त्रणका लागि प्रहरी कन्ट्रोल १०० र सवारीसँग सम्बन्धित समस्याका लागि १०३ मा उजुरी दिन उनले सर्वसाधारणलाई आग्रह गरे ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com