टेलिकमको सेवा आज रातभर अवरुद्ध हुने


प्रकाशित मिति : माघ ३, २०७४ बुधबार

काठमाडौं,माघ ३ – आज राति नेपाल टेलिकमका मोबाइलबाट भ्वाइस, एसएमएस र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार कम्पनीको ल्यान्डलाइन टेलिफोनको विद्यमान बिलिङ सिस्टमलाई माइग्रेस गर्ने काम हुने भएकोले आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com