राजतन्त्र फर्काउने जिम्मा हिमानीले लिइन्


प्रकाशित मिति : माघ ३, २०७४ बुधबार

काठमाडौं । नेपाल र भारतका विभिन्न धार्मिक स्थलको भ्रमणमा पूर्व राजा ज्ञानेन्द्र शाह व्यस्त छन् । गद्धी छाडेको १ दशकपछि पनि नेपालमा राजसंस्था फर्कने आशा भने उनले मारिसकेका छैनन् । पछिल्लो समय छोरा पारस शाहका कारण तनावमा रहेका ज्ञानेन्द्रले सके आफू नसके हृदयेन्द्रलाई भएपनि गद्धीमा बसाएर राजतन्त्र फर्काउन सबै खाले प्रयास गर्ने बताएका छन् ।

भारतीय नेताहरुसंग आफूले भेटिसकेका ज्ञानेन्द्रले नेपालमा राजतन्त्रको भविष्यबारे भित्रीतहमा कुरा गर्ने जिम्मेवारी बुहारी एवं पूर्व युवराज्ञी हिमानी शाहलाई दिएका छन् । यसपछि हिमानीले आफ्ना गतिविधिहरु अघि बढाउन थालेकी छिन् ।

हालै उनले थाइल्याण्ड पुगेर रअका प्रमुखका साथै एमाले अध्यक्ष केपी ओलीसंग छलफल गरेको चर्चा छ । हिमानीको पक्षमा नेपाली जनतामा सद्भाव धेरै रहेकोले हिमानीलाई अघि सार्दा सहानुभूति बढी हुने राजपरिवारको बुझाई छ ।

आफ्नो जीवनकालमै राजतन्त्र फर्काउने प्रण गरेका ज्ञानेन्द्र र हिमानीले राजनीतिक भेटवार्ता तिव्र बनाएर उपयुक्त वातावरणको खोजी गरिरहेका छन् । नेपालमा संविधान कार्यान्वयन असफल भएर अस्थिरता बढेको अवस्थामा राजतन्त्र फर्कनसक्ने उनीहरुको बुझाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com