भक्तपुरमा मन्दिर नजिकै शव फेला


प्रकाशित मिति : माघ ३, २०७४ बुधबार

माघ ३, भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ९ मा एक जना पुरुषको शव फेला परेको छ ।

च्यामासिंह – ताथली सडक खण्डसँगै रहेको ब्रम्हायणी मन्दिर नजिकै भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ९ ताथलीका ५५ वर्षीय सिताराम सैंजुको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुृरका प्रवक्ता डिएसपी कृष्ण प्रसाइले जानकारी दिए ।

बुधबार बिहानै मानिस लडिरहेको अवस्था भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी वृत्त जगातीबाट गएको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा सैंजु मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले शवको पोष्टमार्टमको लागि अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता डिएसी प्रसाईले जानकारी दिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com