अर्नाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु


प्रकाशित मिति : माघ २, २०७४ मंगलबार

माघ २, इनरुवा, अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको मंगलबार मृत्यु भएको छ।

घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दिए।

अर्नाको आक्रमणबाट स्थानीयवासी जमिलको छोरा जावेद आलम भने गम्भीर घाइते भएको र उनको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ। रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com