बग्दादमा आत्मघाती आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु


प्रकाशित मिति : माघ १, २०७४ सोमबार

इराकको राजधानी बग्दादमा भएको दुई वटा आत्मघाती बम विष्फोटमा कम्तीमा ३५ जना मारिएको चिकित्सासम्बन्धी स्रोतहरुले बताएका छन्।

तीन दिनको अवधिमा यो दोस्रो आक्रमण हो।

शहरको केन्द्रस्थित तायरान स्क्वायरमा भएको आक्रमणमा ९० जनाभन्दा बढी घाइते भएका छन्।

सन् २०१४ यता इस्लामिक स्टेट- आइएस समूहले इराकको ठूलो भूभागमा उसको पकड जमाएपछि बग्दादमा निरन्तर बम विस्फोट र हिंसात्मक आक्रमण हुँदै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर इराकी सरकारले गत महिना आइएस समूहबाट सबै क्षेत्र पुन: फिर्ता लिएको घोषणा गरेपछि भने त्यस्ता आक्रमणका घटनाहरुमा कमी आएका थिए।

आन्तरिक मन्त्रालयले जनाएअनुसार सोमबारको घटना विस्फोटक पदार्थले बाँधिएको भेस्ट लगाएका दुई पुरुषले गरेका हुन्।

आक्रमण भएको ठाउँ एकदमै व्यस्त क्षेत्र हो जहाँ हरेक बिहान ठूलो संख्यामा निर्माण मजदुरहरुको भीड लाग्ने गर्छ।

विगतमा पनि उक्त ठाउँलाई विद्रोहीहरुले निशानामा पारेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com