प्रधानमन्त्री र प्रमुख आयुक्त भेटिएनन् !


प्रकाशित मिति : आश्विन १४, २०७३ शुक्रबार

अख्तियारको प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित मुद्दाको म्याद प्रधानमन्त्री प्रचण्डलाई बुझाउन हम्मेहम्मे परिरहेको छ । यसैगरी प्रमुख आयुक्त कार्कीलाई पनि बिहीबारसम्म बुझाउन सकिएको छैन् ।

प्रधानमन्त्री दाहालको ठेगाना पेरिसडाँडा जनाइएको थियो । यसगरी सर्वोच्च अदालतका तामेलदार शम्भु खत्री म्याद तामेल गर्न पेरिसडाँडामा नै गइरहेका छन् ।प्रमुख आयुक्त कार्की यतिबेला क्यानाडामा छन् । त्यसैकारण उहाँलाई पनि म्याद बुझाउन नसकिएको सर्वोच्च अदालत स्रोतले जानकारी गरायो । प्रधानमन्त्री दाहाललाई पेरिसडाँडा जाँदा भेटाउन नसकेपछि तामेलदार त्यसै फर्कने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com