चन्द्रमामा चिनको रोबोट स्टेशन


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

काठमाडौं, ३० पुस । चन्द्रमामा चीनले रोबोट स्टेशन बनाउने भएको छ । चन्द्रमामा अन्वेषण, अनुसन्धान सहज बनाउनका लागि चीनले यस्तो योजना ल्याएको हो ।

विश्लषकहरूले रोबोट स्टेशनको निर्माणले आगामी दिनमा चन्द्रमाको भूगोलको विषयमा अनुसन्धान बढाउन सहयोगी हुने र आहिले चन्द्रमाको विवरण पाउन प्रयोग गरिने उपकरणको तुलनामा निकै प्रभावकारी हुने बताइएको छ ।

चीनले शाङ्हाईमा भएको एक अन्तरराष्ट्रिय गोष्ठीमा यसको घोषणा गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । साथै, यसको प्रयोग अन्तरिक्षको जटिल अनुसन्धान तथा प्रयोगमा गरिने चीनले बताएको छ ।

यसका साथै चीनले पछिल्लो समय अन्तरिक्षसम्बन्धी केही महत्वकाशीं योजना अघि सारेको छ, जसमा मानव मिशन, स्थायी अन्तरिक्ष स्टेशन निर्माण र मङ्गल ग्रहसम्म पुग्नेलगायत योजना रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com