१२० बर्षका हिन्दु साधु भन्छन् – ‘यौनबाट टाढा रहे दीर्घजीवन’


प्रकाशित मिति : आश्विन १३, २०७३ बिहीबार

आफूलाई १२० बर्ष पुगेको दावी गर्ने एकजना हिन्दु साधु स्वामी शिवनन्दले आफ्नो दीर्घजीवनको रहस्य मसलायुक्त खाना र यौन सम्पर्कबाट टाढा रहनु नै रहेको बताएका छन् । साथै उनले दैनिक केही घण्टा योगा गर्ने गरेको समेत बताएका छन् । उनको पासपोर्ट अनुशार शिवनन्द सन् १८९६ को अगस्त ८ मा जन्मिएका हुन् । अहिले उनले आफ्नो दावीलाई प्रमाणित गर्नका लागि गिनिज बुकमा आवेदन दिदैछन् । शिवनन्दले असाध्यै साधारण खालको खाना खान्छन् भने सानो चकटी विछ्याएर भूइमा सुत्दै आएका छन् ।

680x-1

गिनिज बुक अनुशार सबैभन्दा धेरै बाँच्ने व्यक्ति जापानका जिरोमोन किमुरा हुन् । उनी १ सय १६ बर्ष ५४ दिन बाँचेर सन् २०१३ मा बितेका थिए ।

218333-jessie-gallan-thought-to-be-scotland-oldest-woman-at-108-years-old-puts-her-health-down-to-one-bow
यसअगाडि १०९ बर्षसम्म बाँचेकी स्कटिस महिला जेसी ग्यालनले पनि आफू धेरै बाँच्नुको रहस्य यौनसम्पर्कबाट टाढा रहनु भएको बताएकी थिइन् । पुरुषहरुबाट टाढा रहेका कारण आफू लामो समय बाँचेको उनले बताएकी थिइन् । उनको गत बर्षको मार्चमा निधन भएको थियो ।

INDIA-LIFESTYLE-OLDEST-MANindia-lifestyle-oldest-man_710ec198-652e-11e6-b7cc-991406f1fe11india-lifestyle-oldest-man_48884546-652e-11e6-b7cc-991406f1fe11india-lifestyle-oldest-man_c34b9e2c-652e-11e6-b7cc-991406f1fe11

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com