यात्रुवाहक बस जुध्दा,एक दर्जनभन्दा बढी घाइते


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

पुस २९, झापा । एकआपसमा यात्रुवाहक बस जुध्दा आज शनिवार बिहान झापाको दमकमा एक दर्जन घाईते भएका छन् । स्थानीय रतुवा पुलमा आज विहान साढे ८ बजे तिर मे १ ख १७१० र को १ ख ३६५९ बस एक आपसमा जुँध्दा त्यसमा सवार ३ दर्जन यात्रुहरु घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाईते सबैको लाइफलाईन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनायो । घाईतेमध्ये को १ ख। ३६५९ नम्बरका बसका चालक सुनसरी ,रामधुवनी बस्ने चुलाई चौधरी , अर्का बस चालक झापा, कन्काई नगरपालिका–४ बस्ने लक्ष्मण कुमालको घाईते भएको प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए ।

दुवै चालकको खुट्टामा चोट लागेको बताईएको छ । घाईते अन्यको भने अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । बाक्लो हुस्सुका कारण बाटो नदेख्दा विपरीत दिशाबाट आएका बसएक आपसमा जुध्न पुगेको थियो । प्रनाउ गिरीका अनुसार दुईवटा बस जुध्दा पछाडिबाट आईरहेको मे १ त ४७५४ नम्बरको ट्याक्टर पनि ठोक्किएको थियो । दुर्घटना सडकको मध्यभागमा भएकाले एकघण्टासम्म पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध बन्नपुगेको थियो । क्रेनको सहायताले किच्चिएको बसलाइ साइट लगाएर राजमार्ग खुलाइएको प्रनाउ गिरीले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com