एकाएक चर्चामा , गुल्मेली प्ले ब्याक लोक गायक खिमराज गौतम (भिडियो सहित)


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

यतिबेला खाडी मुलुकको युएईमा नेपाली कामदारको रुपमा कार्यरत नव गायक खिमराज गौतमले फेरी अर्को लोक दोहोरी एल्बम ‘बाटो फुक्थ्यो’ बजारमा ल्याएका छन ।

सो एल्बमसँगै यतिबेला उनी नेपाली लोक गीतको क्षेत्रमा एकाएक चर्चामा आउन थालेका छन् । उनलाई यतिबेला नेपाली लोक गीतको उदियमान गायकको रुपमा हेर्न थालिएको लोक पारखीहरु बताउँछन् ।

यद्यपी उनी आफ्ना कुनै पनि एल्बममा फ्रन्ट पेजमा प्रकाशित भने छैनन् । फरक बिचारसँगको कुराकानीमा उनले आफु प्ले ब्याक सिंगर भएरै चर्चामा आउन चाहेको बताएका छन ।

जुन गितमा चर्चित गायीका बिश्णु माझी र उदियमान गायक खिमराज गौतमको सुमधुर स्वर रहेको छ ।युट्युव मार्फत सार्वजनीक भएको गित बाटो फुक्थ्यो होलामा चर्चित मोडल सारिका के.सी. र कलाकार अर्जुन कुँवरले अभिनय गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निकै मार्मिक ढङ्गमा प्रेम विछोडलाई प्रस्तुत गरीएको यो गितको दृश्यलाई योग्सना डिजिटल प्रा.ली. ले निर्माण गरेको हो भने , नेपालकै एकमात्र महिला निर्देशक स्मृती तिमील्सीना, गुरुआमा ले निर्देशन गरेकी हुन ।

छायाँकन शुरेस श्रेष्ठको रहेको छ भने दृश्य सम्पादन शुधन बस्नेत ले गरेका हुन । गितको भिडियोलाई हर्टविट नेपाल नामक युट्युब च्यानलबाट विमोचन गरिएको छ । जसमाचर्चित शब्द तथा लय संकलक गणेश अधिकारी लय तथा शब्द संकलन रहेको छ ।

यस अघि गौतमले आफन्तैले मारे नामक एल्बम बजारमा ल्याएका थिए । जुन गितमा चर्चित गायीका देबि घर्ति र खिमराज गौतमको सुमधुर स्वर रहेको छ ।
जसलाइ हिमसम्झौता डिजिटल प्रा. लि.ले बजारमा ल्याएको थियो ।गायक गौतम गुल्मी रेसुङ्गा नगरपालिका सेउघामा २०५३ सालमा आमा चन्द्रकला गौतमको कोखबाट जन्म भै हाल रोजगारको सिलसिलामा युनाइटेड अरब इमिरेट्समा कार्यरत छन ।

यो भन्दा पहिले पनि गौतम ले पहिलो गित स्वार्थि दुनियाँ बजारमा लिएर आएका थिए जस्मा सञ्चारकर्मी अर्जुन कुवर र देबि घर्तिको आवाज रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com