बालिका पत्नी बनिन् कुस्तीबाज


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

नितुको कथा मानव जीवन र कुस्तीको जितको उदाहरण हो । उनले सन् २०१५ को भारतको राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक हासिल गरिन् ।

“म २१ वर्षको भएँ तर मेरो कथा १२ वर्षदेखि शुरु भयो । मेरो विवाह गैरकानूनी तरिकाले एक ४० वार्षिय मानसिक रोगीसँग गरियो । त्यो विवाह दुई महिनाभन्दा बढि टिकेन । त्यसपछि मैले पूनः विवाह गरें र १४ वर्षको उमेरमा मेरा दुई जुम्ल्याहा छोराहरु जन्मे। त्यसपछि म खेलकुद क्षेत्रमा प्रवेश गरें ।”

उनले आफ्नो जीवनमा फड्को मार्न कुस्तीलाई चुनिन्। यो उनकोलागि निकै फलदायक भयो । “म अहिले घरपरिवारबाट टाढा सानो कोठा लिएर बसेको छु । म मेरा छोराहरु र परिवारलाई बेला बखतमा मात्र भेट्छु । कुस्ती मेरो जीवन हो। त्यसैले मैले यो त्याग गरेको हो । मैले कुस्ती शरु गर्दा थोरै मानिसले मात्र मलाई विश्वास गरेका थिए,” नितु भन्छिन्।

गाउँका मानिसहरुले उनलाई दुई बच्चाहरुको आमाले कुस्ती खेल्न सक्दिनन् भनेका थिए । उनीहरुले नितुलाई दलित भएर ठूलो सपना देख्नु हुन्न भन्थे ।

“मैले भोक भोगेको छु । शुरुको तालिमका दिनहरुमा मसँग पर्याप्त खानेकुरा हँुदैनथ्यो । म पानीको भरमा धेरै चोटि बसें। मैले अरु केटीहरुले जुस र चिज खाएको देख्थें। तर मलाई थाहा थियो म मानसिक रुपमा बलियो हुनुपर्छ,” उनी भन्छिन्।

उनले जित हासिल गर्न थालेपछि अरुको दृष्टिकोणमा परिवर्तन आउन थाल्यो । “जब म सन् २०१५ को राष्ट्रिय खेलकुद प्रतियोगिता जितेर गाडीबाट ओर्लेकी थिएँ तब गाउँका मानिसहरुले मलाई फूलमाला लगाएर स्वागत गरे र मेरो जितलाई धुमधामसँग मनाए,” उनी भन्छिन्।

“पहिले मलाई विश्वास नगर्नेहरुले एक्कासी उनीहरुका छोरीहरुलाई प्रशिक्षण दिन चाहे ।”

उनको सपना ओलम्पिकमा जित हासिल गर्नु हो ।

साभारः– बिबिसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com