घोषित मितिमै सार्क सम्मेलन गर्न नेपालको आग्रह


प्रकाशित मिति : आश्विन १३, २०७३ बिहीबार

नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मलन निर्धारित मितिमै गर्नको लागि सार्क सदस्य देशलाई सहभागिता सुनिश्चितताको लागि आग्रह गरेको छ । भारत, बंगलादेश, भुटान र अफगानिस्तानले पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले घोषित मितिमै सम्मेलन गर्नको लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिएको हो । नेपाल सरकारले वर्तमान सार्कको अध्यक्षका हैसियतले ती सार्क सदस्य राष्ट्रहरुलाई १९औँ सार्क शिखर सम्मेलनमा सार्कको बडापत्रलाई मनन गर्दै सहभागी हुने वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर पाकिस्तानको इस्लामावादमा आगामी कात्तिक २४ र २५ गते आयोजना गरिन लागिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सगंठन(सार्क)को १९ औँ शिखर सम्मेलनमा अफगानिस्तान, बंगलादेश, भूटान र भारत सहभागी नहुने जनाएको छ । ती सदस्य राष्ट्रहरुले वर्तमान दक्षिण एसियाको क्षेत्रीय परिस्थिति असहज भएका कारण देखाउँदै शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरेका हुन् । मन्त्रालयले पछिल्लो यस घटनालाई गम्भीरताका साथ लिएको उल्लेख गरेको छ ।

सार्कका कुनै पनि एक सदस्य देश सहभागी नभएमा शिखर सम्मेलन नै हुन सक्दैन । भारत र पाकिस्तानबिचको विवादका कारण आउँदो नोमेम्बर ९ र १० मा हुन लागेको सार्क शिखर सम्मेलन अन्योलमा परेको हो । सार्क सदस्य राष्ट्र भारतले आफूले सार्क शिखर सम्मेलनमा भाग नलिने कुरा नेपाललाई पनि जानकारी गराएको छ । भारतले नेपाललाई पाकिस्तानको नाम उल्लेख नगरी भनेको छ ‘एक देशका कारण हामी सार्क शिखर सम्मेलनमा भाग लिन सक्दैनौं ।’

त्यस्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटमार्फत भनेका छन् ‘क्षेत्रीय सहयोग र चरमपन्थी एकै साथ चलदैनन्, त्यसकारण भारत इस्लामावादमा हुने सार्क शिखर सम्मेलनमा भाग लिन सक्दैन ।’सार्क शिखर सम्मेलनमा सदस्य आठ राष्ट्रका सरकार प्रमुखको उपस्थित हुने गर्छ । हरेक दुई वर्षमा हुने सार्क शिखर सम्मेलनको १९ औं सम्मेलन पाकिस्तानको इस्लामावादमाा हुन लागेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय भारत र पाकिस्तानबीचको तनावका कारण सम्मेलन नै स्थगित हुने अवस्था आएको हो। भारतले पाकिस्तानमा आयोजना हुने शिखर सम्मेलनमा नजाने जनाएसँगै अन्य मुलुकले पनि भाग नलिने भएका छन्। बंगलादेशले आफ्नो देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप बढेको भन्दै सार्क सम्मलेनमा भाग नलिने जनाएको हो। त्यसैगरी भुटानले यो क्षेत्रमा आतंकवादी घटनामा वृद्धि भएकोले सार्क शिखर सम्मेलनको सफलतामा प्रश्न उठाउँदै आफू सहभागी हुन नसक्ने जनाएको छ।

त्यसैगरी अफगानिस्तानले पनि अप्रत्यक्ष रुपमा आफ्नो देशमा भएको आतंकवादी घटनाहरुमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै ती घटनाका कारण राष्ट्रपति असरफ घानी देशभित्रै व्यस्त हुने भएकोले शिखर सम्मेलनमा उपस्थित हुन नसक्ने जनाएको छ। भारतले पछिल्लो पटक पठानकोट र उरी हमला पाकिस्तान प्रायोजित रहेको भन्दै संयुक्त राष्ट्रसंघमा पाकिस्तानलाई एक्ल्याउन प्रस्ताव राखेको थियो। दक्षिण एसियामा पनि भारतले पाकिस्तानलाई एक्ल्याउने रणनीतिअनुरुप कूटनीतिक पहल गरिरहेको छ। पाकिस्तानले भने आफूमाथि आतंकवादको प्रायोजन गरेको आरोप निराधार रहेको भन्दै कश्मिरी जनतामाथिको भारतीय दमनलाई ओझेलमा पार्न भारतले आफूमाथि आरोप थोपरेको बताएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com