बञ्चरो प्रहारबाट सौताको हत्या


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

पुस २६, दाङ । सल्यानको दार्मा गाउँपालिका ३ फारुलाचौरकी ३२ वर्षीया रुपा खत्रीलाई सौताले बञ्चरो प्रहार गरेर हत्या गरेकी छिन् । अज भएको विवादमा रुपाकी सौता २६ वर्षीया कल्पना चन्दले सौताको हत्या गरेकी हुन् ।

आफ्नी सौताको हत्या गरेपछि कल्पना फरार भएको प्रहरीले जनाएको छ । उनीहरुबीच मंगलबार राति १० बजे पनि झगडा भएको र सोही झगडा अज पनि भएपछि कल्पनाले बन्चरो प्रहार गरेको प्रहरीले बताएको छ ।

फरार कल्पनाको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले बताए । उनले हत्याबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । मृतक खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पुर्याइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com