आन्तरिक उडानमा नोट सेभेन प्रतिबन्ध


प्रकाशित मिति : आश्विन १३, २०७३ बिहीबार

अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्धसँगै अहिले नेपाल वायु सेवाले पनि आन्तरिक हवाई यात्रामा सामसुङ ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाएका छन् । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले बुधबार सूचना जारी गरी आफ्ना हवाई यात्रुलाई सामसुङको ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाएको जानकारी गराएको छ । यतीले सार्वजनिक सूचना जारी गर्दै अबदेखि आन्तरिक उडानमा सञ्चालित आफ्ना सबै विमानमा यात्रा गर्ने यात्रुहरूका लागि सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल फोन साथमा बोक्न एवं चलाउन प्रतिबन्ध लगाएको हो ।

अमेरिका र युरोपलगायत अन्तर्राष्ट्रिय उडानमा केही महिनाअघि देखि विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल बोक्न लगाइएको प्रतिबन्धपछि अहिले यहाँको स्वदेशी निजी वायुसेवा कम्पनी यतीले पनि सामसुङको सो मोबाइल फोनबाट विमानमा आगलागी हुन सक्ने त्रास बढेको भन्दै हवाई सुरक्षाका लागि यस्तो निर्णय गरेको जनाएको छ । यतीले अहिले आफ्ना विमानमा चढेदेखि विमान स्थलभित्रको धावन मार्गबाहिर नआएसम्म अनिवार्य रूपमा मोबाइल स्विच अफ गरी हाते झोलामा बोक्न अनुरोध गरेको छ ।

यात्रुले आफ्नो लगेजमा समेत यो मोबाइल बोक्न नपाउने सो कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसैगरी, अब यात्रुले आफ्नो साथमा भएको यस्तो मोबाइल फ्लाइट मोडमा समेत राखेर लैजान नपाउने जानकारी गराएको छ । यतीले हवाई यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निर्णय भई जारी गरिएको बताएको राजधानीमा खबर छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उनीहरूका विमानमा सामसुङको सो मोबाइल पड्किने समस्याका कारण उडानका बेला विमानभित्र बोक्न प्रतिबन्ध लगाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि केही समयअघि सो विषयमा व्यापक छलफल गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले अन्तर्राष्ट्रिय वायुसेवाले पनि प्रतिबन्ध गरेको अवस्थामा अहिले यहाँका आन्तरिक वायुसेवा कम्पनीले प्रतिबन्ध लगाउनु हवाई उडान सुरक्षा सचेतनाको दृष्टिले राम्रो नै भएको बताए । उनले अहिलेको अवस्थामा यो कुनै नयाँ र अनौठो कुरा नभएको धारणा राखे । वायुसेवा प्रदायक हरेक विमान कम्पनीहरूले हवाई उडानमा रहेका यात्रुका साथसाथै आफ्नो विमानको पनि उत्तिकै सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने प्रावधान रहेको जानकारी गराउँदै केसीले भने, ‘अब छिटै यहाँका अन्य वायुसेवा कम्पनीले पनि यस्तै प्रतिबन्ध लगाउँदै जानेछन् ।’ यसले नेपाली हवाई आकाशलाई थप सुरक्षित र मजबुत बनाउने उनको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय सामसुङ ग्यालेक्सी नोट–७ को ब्याट्रीमा समस्या देखिएको छ । सोही कारण विभिन्न देशमा ब्याट्री पड्किएको घटना सार्वजनिक भएका छन् । अहिले सामसुङ मोबाइल उत्पादक कम्पनीले पनि आफ्नो कमजोरी स्वीकार गर्दै बजारमा गइसकेको ग्यालेक्सी नोट–७ फिर्ता लिने घोषणा गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com