क्यालिफोर्नियामा लेदोसहितको पहिरोमा पुरिएर १३ जनाको मृत्यु, २५ जना घाइते


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

काठमाडौं, २६ पुस । अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासंगै गएको लेदोसहितको पहिरोमा पुरिएर कम्तिमा १३ जनाको ज्यान गएको छ ।

लगातारको वर्षसंगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको मोन्टेसिटोमा लेदोसहितको पहिरो गएको हो । पहिरोमा पुरिएर कम्तिमा २५ जना घाइते भएका छन् ।

अन्य जनाको उद्धार गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको सरकारी अधिकारीले बताएका छन् । पहिरोले सबैभन्दा धेरै क्षति मोन्टेसिटोमा पुगेको छ । पहिरोले साना सवारी साधनहरु समेत बगाएको तथा सडकहरु अवरुद्ध भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com