युनाइटेड किराँत राइले अमेरिकामा मनायो नयाँ बर्ष


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

युनाईटेड किराँत राई अर्गनाइजेशन न्युयोर्क च्याप्टरले नयाँवर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्युयोर्कका अध्यक्ष केशवराम राईको अध्यक्षतामा शुभकामना आदान–प्रदान गरेर नयाँवर्ष मनाएको हो ।

सो अबसरमा युनाईटेड किराँत राई अर्गनाइजेशनका केन्द्रीय उपसभापति मुना राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अध्यक्ष राईले सबैलाई नयाँवर्षको शुभकामना दिदैं उपस्थित सबैमा धन्यवाद व्यक्त गरेका थिए । सोहि अवसरमा गतवर्षको तिहार कार्यक्रममा सहयोग गर्ने कलाकारहरुलाई खादा ओढाएर सम्मान गर्दै सम्मानपत्र समेत वितरण गरिएको थियो ।

प्रमुख अतिथि राईले अमेरिकाभरी रहेका किराँत संस्थाहरु एकजुट भएर एकअर्काको सुख दुःखमा साथ दिने र राई समुदायको मात्र नभएर अन्य समुदायको हितमा पनि लाग्नुपर्ने बताइन् । त्यस्तै संस्थाका सल्लाहकार प्रभाकर राईले नयाँवर्षको शुभकामना दिएका थिएका थिए भने केन्द्रीय कोषाध्यक्ष मदन राईले संस्थाको सबै सहयोगीलाई धन्यवाद दिदैँ विदेशमा रहेपनि राईहरुले आफ्नो धर्म संस्कृति भुल्न नहुने बताएका थिए । उनले भावि सन्ततीलाई आफ्नो संस्कार संस्कृति बुझाउनु र सिकाउनु पर्ने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै खालिङ समाज अमेरिकाका उपाध्यक्ष पर्खि राईले राईहरुको  धेरै  भाषाहरुमध्येको एक भाषिक राई खालिङ्ग राई पनि रहेको बताउँदै अन्य भाषाका राईहरुले पनि संस्था स्थापना गरेर आफ्नो भाषाको पनि संरक्षणमा पहल गर्नु पर्ने बताए । उनले खालिङ्ग राई समाज संस्था विभाजनको लागि नभएर आफ्नो भाषा संस्कार र संस्कृति संरक्षणका लागि स्थापना भएकोले यसलाई फरक अर्थ नलगाउन भन्दै राई यायोख्खा नेपाल युके, हङकङ तथा अन्य मुलुकमा बुझ्दा पूर्ण जानकारी हुने बताए ।

कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य सुखराज राई तथा राई एकताको प्रतिनिधि सहजकर्ता अग्नि राईका समेत उपस्थिति रहेको थियो । सोहि अवसरमा युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्युर्योक च्याप्टरको कल्चर विभाग प्रमुख बिपिन राईले सञ्चालन गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com