विदेश लगिदिने भन्दै भारत लैजादै गरेको अवस्थामा सीमाबाट ६ महिलाको उद्धार


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

बाँके । नेपालगञ्ज नाका भएर भारतको दिल्ली हुँदै खाडी मुलुक लागिएका ६ जना महिलाको मंगलबार उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमूनाह र माइती नेपाल नेपालगञ्जको टोलीले नेपालगञ्जको जमूनाह नाकाबाट उनीहरुलाई उद्धार गरेको हो ।

बारा, सिन्धुपाल्चोक, सर्लाही, धादिङलगायतका जिल्लाका ग्रामिण भेगबाट महिलालाई वैदेशिक रोजगारको लागि कुवेत, दुबैमा पठाइदिने भन्दै काठमाडौंबाट नेपालगञ्ज हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा महिलाको प्रहरी र माइती नेपालको टोलीले उद्धार गरेको हो ।

महिलालाई भारततर्फ लैजाने कार्यमा संलग्न सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१, का सुर्जे तामाङलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com