मुसहर वस्तीको लागि किदुगको सहयोग


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

गत अगस्त महिनामा नेपालको तराई क्षेत्रमा गएको बाढी पहिरोको चपेटामा परी घरबारविहिन भएकाहरुको लागि शेर्पा किदुक अमेरिकाले नगद रू चार लाख बयासी हजार तीन सय रूपैया सहयेाग गरेका छन् ।
मातृभूमि नेपालमा भएको यस बिपदको समयमा केही मात्रामा भए पनि सेवा र सहयोग पुर्याउने उद्धेश्य लिई शेर्पा किदुग अमेरिकाले गत अगस्त १४ देखी अक्टोबर १, २०१७ सम्म आर्थिक सहयोग संकलन गरेको थियो । उक्त अवधिमा संकलन गरिएको सहयोग रकम जम्मा $४६३८ (चार हजार छ सय अठ्तीस् डलर) संकलित गरिएको शेर्पा किदुकle जनाएको छ ।
साथै उक्त अभियानबाट संकलित रकम नेपालको न्युज २४ च्यानलका कार्यक्रम ‘सीधा कुरा जनता सँग’का प्रस्तोता पत्रकार रबि लामिछानेको पहलमा सप्तरीको हनुमाननगर स्थित तिलाठी कोइलाडीमा रहेको मुसहर वस्ती निर्माणको लागि हस्तान्तरण गरिएकेा समेत शेर्पा किदुगले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएका छन ।
साथै शेर्पा किदुगले तथा सेवा नै धर्म हो भन्ने सम्झी शेर्पा किदुग अमेरिकाले संचालन गरेको यस महान अभियानमा आर्थिक सहयोग पु-याउनु हुने सम्पूर्ण दाता महानुभाव प्रति हार्दिक आभार प्रकट गर्दै सम्पूर्ण दाताहरुको नामावली समेत वेब पेज मार्फत सार्वजनिक गरेका छन । 
“मातृभूमीका आइपर्ने कूनै पनि विपत्तिमा यथासक्य सहयोग गर्नु हाम्रो परम कर्तव्य हो,” केदुगंका अध्यक्ष उर्गेन शेर्पाले भने ।
यूनाइटेड शेर्पा एसोसीएसन सन् १९९६ मा अमेरिकामा स्थापना भएको गैरनाफामुलक संस्था हो । न्यूयोर्क आसपासमा रहेका नेपाली शेर्पाहरुको विशेष सक्रियतामा स्थापित यो संस्थाले बौद्ध धर्मसंस्कृतीको प्रवर्धनका अलवा नेपाली अमेरिकन बालबालीकाको लागी नेपाली भाषा कक्षा संचालन गरिरहेको छ भने, यूएसएफसी नामको फुटवल क्लव पनि संचालन गरिरहेको छ

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com