यी हुन् राष्ट्रसंघको महासचिवको नयाँ उम्मेदवार


प्रकाशित मिति : आश्विन १२, २०७३ बुधबार

संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि बुल्गेरियाले नयाँ उम्मेदवारी दिने भएको छ। बुल्गेरियाले युनेस्कोकी प्रमुख इरिना बोकोभाको साटो युरोपेली आयोगको उपाध्यक्ष क्रिस्टालिन जर्जिभालाई राष्ट्रसंघको महासचिवमा उठाउने भएको हो।

बुल्गेरियाका प्रधानमन्त्री ब्वाइको बोरिसोभले जार्जिभा राष्ट्रसंघको महासचिव पदका लागि सशक्त उम्मेद्वार भएको दाबी गरेका छन्। यही साता सम्पन्न १५ सदस्यीय राष्ट्रिय परिषदको बैठकमा गरिएको अनौपचारिक मतदानमा बोकोभा कमजोर देखिएकी थिइन्। उनी उम्मेद्वारको सूचीमा प्रमुख पाँचभित्र पर्नु पर्नेमा छैटौँ क्रममा परेकी थिइन्।

राष्ट्रसंघका महासचिव दक्षिण कोरियाका वान की मुनलाई विस्थापित गर्न जर्जिभा सक्षम हुने विश्वास गरिएको छ। ‘बोकोभालाई उम्मेदवार बनाउने वातावरण मिलाउन हामीले अन्तिमसम्म मेहेनत गर्यौं,’ प्रधानमन्त्री बोरिसोभले भने, ‘तर उहाँलाई अन्य देश र अन्य महिला उम्मेदवारले पछाछि पार्ने स्थिति देखियो।’राष्ट्रसंघको महासचिव पदका लागि अहिलेसम्म पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनो गट्रेस अग्रस्थानमा देखिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com